उत्रियो अभियानमा अन्टुफ महिला कमिटी महिला हिंसाविरूद्ध

महिला हिंसाविरूद्ध

जय कार्की प्रकाशित मिति : सोम, मंसिर १६, २०७६

१६ मंसिर ०७६, काठमाडौं ।

“सामाजिक कुरीति र विभेद अन्त्य गर्न महिला–पुरूष समान!

लैङ्गिक हिंसाविरूद्ध सुरक्षित कार्यस्थल हाम्रो अभियान !!”

अखिल नेपाल ट्रेड युनियन महासंघ, महिला कमिटी काठमाडौंले “सामाजिक कुरीति र विभेद अन्त्य गर्न महिला–पुरूष समान, लैङ्गिक हिंसाविरूद्ध सुरक्षित कार्यस्थल हाम्रो अभियान !” भन्ने मूल नाराका साथ महिला हिंसाविरूद्ध कार्यक्रम गरेको छ । लैङ्गिक हिंसाविरूद्धको पक्ष राष्ट्र नेपालले हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म (१६ दिनसम्म) महिला हिंसाविरूद्ध विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा महिला कमिटी काठमाडौंले महिला हिंसाविरूद्ध ऐक्यवद्धता जनाउँदै सोमबार अन्टुफ कार्यालयमा कार्यक्रम आयोजना गरेको हो ।

 

महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ३ नं. प्रदेश सांसद जगत सिम्खडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्षद्वय जयबहादुर कार्की, सोमबहादुर थापा, उपमहासचिवद्वय शालिकराम काफ्ले, बिष्णु कुमारी थापा, अन्टुफ केन्द्रीय महिला विभागकी सचिव निशा खरेल, सहसचिव संगिता बानिया, इन्दिरा शर्मा, धनु दाहाल, अजिता सिम्खडा, प्रदेश कोषाध्यक्ष सरला धमला, महासंघका ३ नं. प्रदेश उपाध्यक्ष होम खड्काको उपस्थिति रहेको थियो । महिला कमिटी काठमाडौंकी अध्यक्ष उमा थापाको अध्यक्षता भएको उक्त कार्यक्रमको सञ्चालन सचिव श्रृजना बगालेले गरेकी थिइन् । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।