अखिल नेपाल अटो मोबाइल्स मजदुर संघ २ नम्बर प्रदेशको भेला सम्पन्न

प्रकाशित मिति : शुक्र, मंसिर १३, २०७६

प्रदेश २ । पर्सा जिल्ला बिरगंज को गन्डक स्थित डिभिजन सिचाइ कार्यलय को सभा हलमा आयोजित अखिल नेपाल अटो मोबाइल्स मजदुर संघ २ नम्बर प्रदेश को भेला श्री बुध्दी सागर गौलिको सभापतिथि र प्रदेस २का अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष श्री अर्जुन चिमरियाको प्रमुख अतिथि ,विशेष अतिथी अटो मोबाइल्स मजदुर संघका केन्द्रिय अध्यक्ष श्री पुनरजन गिरि ,अतिथिहरुमा महासंघ केन्द्रिय सद्स्य श्री लाल बहादुर पटेल ,अटो मोबाइल्स मजदुर संघका केन्द्रीय महासचिव कैलास राना र सदस्यहरु श्री कबिन्द्र लामा,अनिल महर्जन ,चन्द्र बहादुर राना,सुदिप नरायण सिङ रिजाल समेतको उपस्थितिमा भएको कार्यक्रमको सहजिकरन श्री कैलास रानाले गर्नुभएकोथियो ।

कार्यक्रमबाट श्री बुध्दी सागर गौली अध्यक्ष ,श्री अफरोज हवारि सचीव ,शिव रेग्मी कोसाध्यक्ष,श्री करन पटेल स-सचीव र सदस्यहरु श्री सुदाम लोहनी लगायत १३ सदस्य रहनेगरि प्रदेश कमिटी चयन गरिएको कार्यक्रम का प्रमुख अथिती अर्जुन चिमरियाले अटोमोबाइल्स मजदुरहरु प्रदेश २ मा देशभरिकै बढी रहेको भएता पनि यसलाइ संगठित गर्न नसकिएकोले बिगतमा यस क्षेत्रका मजदुरहरुले उचित सेवा सुबिधाबाट बन्चित रहेकोमा अब यसको अन्त्य गरिने र श्रमिकहरुको अधिकारको लागि अभियान को रुपमा अगाडि बढाउन अटो मोबाइल्स मजदुर युनियन प्रदेश कमिटिलाइ सुझाव दिनुभयो भने विशेष अतिथी श्री पुनरजन गिरिले यश प्रदेश कमिटिलाइ समाजिक सुरक्षा भित्र ल्याउन पेसा केन्द्रले अहम भुमिका खेल्ने कुरा राख्नुभयो।