सँयुक्त ट्रेड युनियन समन्वय केन्द्र (jtucc)१नं.प्रदेशको आयोजनामा विराटनगरमा बृहत र्याली प्रदर्शन

प्रकाशित मिति : शुक्र, मंसिर १३, २०७६

बिराटनगर। सामाजिक सुरक्षा दिवसको अवसरमा मंसिर १२ गते सँयुक्त ट्रेडयुनियन समन्वय केन्द्र (jtucc)१नं.प्रदेशको आयोजनामा विराटनगरमा बृहत र्याली प्रदर्शन गरेको छ।विराटनगरको अतिथि सदनमा भेला भई दवाब मुलक र्याली मोरङ व्यापार सँघको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभा अन्टुफ प्रदेश उपाध्यक्ष ओपेन्द्र कुमार रायको सँचालनमा भएको थियो।कोणसभामा समाजवादी ट्रेडयुनियन नेपालको प्रदेश अध्यक्ष मो.नसरुलले सम्बोधन गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा दिवसको शुभकामना दिनु हुँदै श्रमिकको पक्षमा काम गरिरहनुभएको श्रममन्त्री हटाइएकोमा सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयनमा आशंका ब्यक्त गर्नु भयो।

अखिल नेपाल ट्रेडयुनियन महासँघ प्रदेश अध्यक्ष टीका प्रसाईले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ढिलासुस्ती गरेको प्रति घोर आपत्ती प्रकट गर्नु भयो।नेपाल ट्रेडयुनियन काँग्रेसका मोरङ अध्यक्ष सुशील कोइरालाले पटकपटक सुचिकरणको अवधी सार्दा मजदुरहरुमा आक्रोस पैदा भएको छ।र औधोगिक वातावरण खल्बल्याउने कार्य नगर्न चेतावनी दिदै आन्दोलनको आधीबेरी सृजना गर्नु नपरोस् भन्नुभयो ।

नेपाल ट्रेडयुनियन महासँघ तथा सँयुक्त ट्रेडयुनियन समन्वय केन्द्र का अध्यक्ष किशोर धमलाले १लाख६४हजार ४३४रोजगारदाता प्रतिठान रहेकोमा १०हजार ६सय मात्र सुचिकृत हुनु दुर्भाग्य हो,र सरकारले पटकपटक सुचिकरणको समय पथ गर्नु र सुचिकृत नहुनेलाई कार्वाही नगर्नुले हामीलाई आन्दोलित बनाएको छ भन्नुभयो।समय सीमा भित्र प्रतिठान र श्रमिकलाई सुचिकृत नगराए चरणबद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।कोणसभा पछि jtucc ले तयार पारेको ध्यानआकर्षण पत्र मोरङ ब्यापार सँघको अध्यक्ष प्रकाश मुन्दरा र उद्योग सँगठनको उपाध्यक्ष राकेश सुरानालाई बुझाएको थियो।