नेकपाद्वारा अध्यक्ष पदको उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बम विस्फोट
प्रकाशित मिति : शुक्र, मंसिर १३, २०७६

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको छ।
नेपाल कम्युनिस्ट पार्टीबाट अध्यक्ष पदको उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बिहीबार अपरान्ह पौने ५ बजे बम विस्फोट भएको हो। गाउँपालिका–४ स्थित उनको घरपछाडि बम विस्फोट भएको हो।
विस्फोटबाट कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। ठूलो आवाजसहित भएको विस्फोट कुकर बम भएको स्थानीयले बताएका छन्। विस्फोटबाट घरको शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ।
Space for Ads 1200px * 150px