अखिल नेपाल ट्रेड युनियन महासंघ ललितपुर जिल्लाको : अध्यक्षमा श्रेष्ठ

प्रकाशित मिति : बुध, मंसिर ११, २०७६

ललितपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ ललितपुर जिल्लाको नेतृत्वमा लिला कुमार श्रेष्ठ
आज सम्पन्न अखिल नेपाल ट्रेड युनियन जिल्ला महासंघ ललितपुरको बैठकले क. लिला कुमार श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन भएको छ भने ललितपुर जिल्लाको इन्चार्ज पछि तोकिने निर्णय भएको छ ।

मजदुर संगठनमा बौद्धिक छविमा चिनिने क. लिला कुमार श्रेष्ठ विगत लामो समयदेखि ललितपुर महासंघको उपध्यक्षमा रही काम गरेको रामै अनुभव छ । आउँदो दिनमा ललितपुर जिल्ला महासंघ अझ चुस्त, दुरुस्त र पारदर्शी ढंगले संचालन गर्ने विस्वास रहेको छ ।