सेक्युरिटी मजदुरको राष्ट्रिय भेला सप्पन्न : अध्यक्षमा ढकाल चुनिए

प्रकाशित मिति : बुध, मंसिर ११, २०७६

काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघको अध्यक्ष लक्ष्मी ढकाल चुनिएका छन् ।
मंगलबार महासंघ कार्यालयमा आयोजित ‘अखिल नेपाल सेक्युरिटी मजदुर संघ’को चौथौ राष्ट्रिय भेलाबाट ढकाल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

भेलाबाट लक्ष्मी ढकालको अध्यक्षतामा उपाध्यक्ष राजकुमार मल्ल, लालबहादुर पटेल, खगेन्द्र धिमाल, श्रीभक्त विक, नारायण हमाल, शर्मिला योञ्जन, कमलेश भण्डारी, महासचिव मानबहादुर थिङ्ग, उपमहासचिव गगन पुन, नारायणप्रसाद खरेल, सचिव विज रास्कोटी र कोषाध्यक्ष प्रेम राई पदाधिकारी रहने गरी ७५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

शिक्षा तथा स्वास्थ्य समिति सभापति एवम् ट्रेड युनियन महासंघका फ्रयाक्सन इन्चार्ज जयपुरी घर्ती र विशेष अतिथि का.वा. अध्यक्ष एवम् सांसद जगत सिम्खडाले संयुक्तरुपमा उक्त भेलाको उद्घाटन गरेका थिए ।

सो भेलामा महासंघका उपाध्यक्षद्वय जय कार्की, सोमबहादुर थापा, उपमहासचिव विष्णु थापा, सांसद समेत रहेकी सचिव सुशीला पुन, सचिव सोम तामाङको आतिथ्यता रहेको थियो । साथै, घनश्याम ठकुरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन मानबहादुर ठकुरीले गरेका थिए ।