चिसोमा अपनाउनुपर्ने सावधानीका बारेमा यस्तो सुझाव दिन्छन् : डा. अनिल

प्रकाशित मिति : सोम, मंसिर ९, २०७६

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले जाडोको बेला अपनाउनुपर्ने सावधानीका बारेमा सुझाव दिएका छन् ।
डा. अनिलका अनुसार जाडोमा पानी प्रसस्त पिउने गर्नुपर्छ । प्रसस्त पानी पिउनाले चिसोले गर्दा रगत बाक्लो हुने जोखिमबाट बच्न सकिन्छ ।
शरीरलाई सक्रिय बनाउने-शारीरिक व्ययाम सुरुगर्नु भन्दा अघि ५–१० मिनेट शरीरलाई शक्रिय बनाउने अनि मात्र व्यायाम गर्ने ।

हिँडाइको गति कमगर्ने-चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

चिसो हवा र पानी परेको बेला घरबाहिर व्यायाम नगर्ने– त्यस्तै चिसो हावा र पानी परेको बेलामा घरबाहिर व्यायाम गर्न ननिस्कने ।

मदिरा र चुरोटको सेवन नगर्ने–जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

धेरै चिल्लो खाना नखाने-जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, फ्राइ,पार्टी तथा भोजको बेलामा सर्तक हुने ।

सुगर, प्रेसर तथा कोलेष्ट्रोल नियन्त्रणमा राख्ने-जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

चिसोमा हिड्दा छाती दुख्नु-मुटु रोगको प्रमुख लक्षण एन्जाइना ९ब्लनष्लब० चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ ।

औषधिको नियमित प्रयोग–-, प्रेसर, सुगर, कोलस्ट्रोल, आदिको औषधि नटुटाइकन नियमित खानुपर्दछ ।

व्यायामको बेलामा चिसोबाट सुरक्षा- यसको लागि प्रयाप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नु पर्दछ ।