प्रदेशमा २ औद्योगिक र यातायात मजदुर संघको बैठक सम्पन्न

अर्जुन चिमारिया प्रकाशित मिति : सोम, मंसिर २, २०७६

अखिल नेपाल औधोगिक मजदुर संघ प्रदेश २ को भेला तथा प्रशिक्षण बरा जिल्लाको जितपुर स्थित गढिमाइ मन्दिरको सभा हलमा औद्योगिक मजदुर संघ केन्द्रिय उपाध्यक्ष बेनिप्रसाद तिमल्सिनाको अध्यक्षता तथा सहजिकरण र अखिल नेपाल ट्रेडयुनियन महासंघका उपमहासचीव शालिक काफ्लेको प्रमुख आतिथ्यता साथै औद्योगिक केन्द्रिय अध्यक्ष भुमबहादुर रेग्मी,प्रदेश २ ट्रेड युनियन महासंघ अध्यक्ष अर्जुन चिमरिया,प्रदेश सहइन्चार्ज मीप्रसाद अपागाइ,प्रदेश महासंघ उपाध्यक्ष, सहसचिब तथा महासंघ केन्द्रीय सदस्य अक्षयकुमार ओझा,गजाधर पटेल, लालबहादुर पटेल, मुरारी दुलाल तथा रामपुकार कामती समेत अतिथी रहनुभएको कार्यक्रममा अखिल नेपाल औधोगिक मजदुर संघ प्रदेश २ को १७ सदस्य कार्यसमितिमा अध्यक्ष मुरारी दुलाल, उपाध्यक्षमा जयराम शाह र सत्रुधन झा, सचिव र ससचिवमा धर्मेन्द्र ठाकुर, प्रेम बस्नेत साथै कोसाद्क्ष्यमा रामेस्वर पटेल र इन्चार्ज बेनिप्रसाद तिमिल्सिना चयन हुनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि सालिक काफ्लेले श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन कार्यन्वयन गर्न नमान्नेमाथी कडा संघर्ष गर्ने आदेशमुलक भनाइ राख्नुभयो।

यातायात मजदुर संघको बैठक सम्पन्न


मिति २०७६र८र१ गतेका दिन सिराहाको गोलबजार स्थित उधोग बाणिज्य संघको सभाहलमा अखिल नेपाल यातायात मजदुर संघ प्रदेश २ को बैठक तथा प्रशिक्षण यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष सोम तामाङ को अध्यक्षता तथा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ का अध्यक्ष अर्जुन चिमरियाको विशेष उपस्तिथि र अतिथी प्रदेश महासंघ सचिव केदार देव ,अटोमोबाइल्स मजदुर संघ,पेट्रोलियम मजदुर संघका अध्यक्ष पुरन्जन गिरि,शिव पोख्रेल समेतको उपस्थितिमा कमिटि पुनरगठन गरि सचीव र कोसाध्यक्ष सुरज राई र गिर्माण महत र अन्य अथावत रहने निर्णय सहित उपस्थितिलाई प्रशिक्षत गरि कार्यक्रम समापन गरियो।