श्रीलंकाको राष्ट्रपतिमा गोटाबाया विजयी तामिल र मुस्लिम समुदाय भयभित

जय कार्की प्रकाशित मिति : सोम, मंसिर २, २०७६

भरखरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाई गोटाबाया राजापाक्ष ५२.२५ प्रतिशत मत सहित विजयी भएका छन । उनले सत्ताधारी पार्टी युएनपीका उमेदबार साजिथ प्रेमादासालाई पराजित गरेका हुन । उनी पूर्व लेफ्टिनेन्ट कर्नेल तथा रक्षा मन्त्रीसमेत रहिसकेका छन । उनकै नेतृत्वमा चिन र पाकिस्तानबाट हतियार आयात गरी २६ वर्ष लामो तमिल विद्रोहीहरुलाई अन्धाधुन्ध दमन गरी समाप्त गरेका कारणले उनको यो जित संगै अल्पसंख्यक तामिल र मुस्लिमहरुमाlिथ अर्को ठूलो जातीय नरसंहार हुने खतरा देखेर भयभित हुन थालेका छन ।


यता भारत पनि निकै सशंकित रहेको छ कहिँ गोटाबाया चिनीया झुकाउमा जाने हुन कि भनेर ।
तर उनले भारत लगायत छिमेकी राष्ट्रहरुलाई आश्वस्त पार्दै भनेका छन विदेश नीति कतै ढल्किएको नभई स्वतन्त्र हुनेछ । त्यसैगरी तामिल र मुस्लिमहरुलाई पनि भयभित नहुन र देश निर्माणमा जुटन आग्रह गर्दै सबैको लागि काम गर्ने बताएका छन । आर्थिक नीतिलाई सुधार गर्ने र देशको सुरक्षालाई पहिलो प्राथमिता दिने घोषणा गरेका छन । उनको जितमा सिंहालीहरु अत्यन्तै खुशी भएका छन भने मत दिएका अल्पसंख्यक भयभित भएका छन ।
स्मरणीय छ तामिल विद्रोहीलाई निर्मम दमन गरेर सखाप पारेका कारण निर्वाचित राष्ट्रपति विवादस्पद व्यक्ति मानिदै आएका छन ।