इतिहासका केही उज्वल र अन्धकार पक्षहरु- सुदर्शन प्रधान

इतिहास

प्रकाशित मिति : शनि, कार्तिक ३०, २०७६

सन १९३० को दशकमा तत्कालिन सोभियत संघमा जमिन, ताल, माछा पोखरीहरु, खानी, पशुपंक्षी पालन, फर्महरु, उद्योग, कलकारखानाहरु सामुहिकीकरण स्वास्थ्य, शिक्षा, यातायात, बैँक जस्ता संस्थाहरु राष्ट्रियकरणको कारणले खाद्यान्नहरुको उत्पादनको प्रचुरता यति भयो कि गहुँ, मकै, चामल जस्ता अन्नहरुको मुल्य थिएन भनौ नगन्य थियो माछामासु, फलफुल, तरकारी, दलहन, तेलहरुको मुल्य पनि अति न्युन थियो सामन्त, जमिन्दार सुदखोरहरु पुर्ण रुपमा निस्तेज भएको थियो सोभीयत संघको पन्चवर्षीय योजनाको प्रतिफलपनि हो यो जुन मानव इतिहासमै विलकुल नयाँ परि घट्ना थियो यहि बेला अमेरिका, क्यानाडा, जर्मन, व्रिटेन, फ्रान्स, इटली जस्ता पुजीवादी मुलुकहरुमा चाहिँ आर्थिक मन्दी छाउन सुरु गरेको थियो यसको पछाडी जनसंस्थाको बृद्धि, प्राकृतिक श्रोतहरुको अभाव एसीया, अफ्रिका, लेटिन अमेरिकी उपनिवेश मुलुकहरुमा जनताको मुक्ति आन्दोलन तिनलाई दबाउन ठुलो आर्थीक भौतिक मानविय शक्ति स्रोतहरुको लगानी नै हुन् त्यसमा चीनको भुमी क्रान्ति भनौ १९२७ बाट सुरु भएको चिङ काङ सान पहाडको संघर्षलाई दबाउन सबभन्दा महंगो परको हो चिनका तत्कालिन शासक च्याङकाइसेक लाई पश्चिमा राष्ट्रहरुले असिमित सहयोग गर्नु परेको थियो माओत्सेतुङ, चाउएनलाई चुतहको नेतृत्वको लाल सेनाको शक्ति विरुद्ध च्याङकाईसेकले सन् १९३०१९३४ सम्म लगातार लाख, लाख, लाख, १० लाख सेनाहरुले घेराबन्दी गरी नष्ट गर ! अभीयान सन्चालन गरेको थियो त्यसबेला लाल सेनाहरुले चाहि घेरा टोड प्रतिरोध गर ! अभीयान सन्चालन गरेको थियो हरेक पालीको युद्धमा परास्त गरेका थिए लाल सेनाहरुले हतियार, गोला बारुद जनशक्ति रणभूमिमै प्राप्त गर्थे सन् १९३४ को अक्टोबर नोभेम्बरको युद्धमा चाहिँ माओको सेना केन्द्रिकरण गर्ने निति विरुद्ध पार्टी जानाले  १० लाख स्वेतः  सेनाहरुसँग प्रतिरोध गर्न नसकेपछि लाल सेनाहरु माओकै निति अनुरुप घेरा तोडेर लम्बे अभियानको यात्रा थालेका थिए पुरा वर्ष चिनको ११ वटा प्रान्तहरु हुदै चिनको १०,००० कि.मी भन्दा बेसी, १० करोड जनताका बस्तीहरुबाट गुज्रदै सन् १९३६ को अक्टेबर नोभेम्बरमा सुदुर उत्तरको सेन्सी आधार क्षेत्रमा पुगे यतीखेर ३०,००० मात्र लाल सेना बाँकी थिए यही लम्वे अभियानको दौरानमा चुनई शहर लाल सेनाले कब्जा गरेपछि पार्टीको विस्तारीत सभा  भनौँ सम्मेलनमा माओत्सेतुङ अध्यक्ष छानियो जुन पदमा उहाँ आजिवन रहनु भयो

तिसको दशकको सोभीयत संघको जनजीवनको सरलता, सुपथ संम्वृद्धि तर पश्चिमा मुलुकहरुमा मंहगो, कठिन जोखीमपुर्णको दैनिकीको कारणले दसौँ हजार मजदुर, किसान युवाहरु सोभीयत संघमा प्रवेश गर्न लागे ति पुजीवादी मुलुकहरुमा मजदुर आन्दोलन बढ््न थाले पुंजीवादी मुलुकहरु संकटमा गए तर सामन्त , जमिन्दार, सुदखोरहरुसँग वर्ग समन्वय गरि राज्य सञ्चालन गरिरहेका पुंजीवादीहरु हरेक कुराहरुमा माहिर थिए उनिहरुले रुसी नेता जोसेफ स्टालिन विरुद्ध ट्रातस्कीको जमातलाई प्रोत्साहन प्रश्रय दिए अन्तरविरोध चर्काए सन् १९१७ को अक्टोबर क्रान्ति पश्चात् पनि सन् १९१८ मा प्रथम  महायुद्धका मुल शक्ति व्रिटेन, फ्रान्स, जर्मन, इटली, अमेरीका लगायतले लेनिन स्टालिन नेतृत्वको सोभीयत रुसलाई ध्वस्त पार्न रुसी प्रतिगामी शक्तिहरुसँग मिलेर गृहयुद्ध मच्चाएका थिए सन् १९१८१९२० सम्म सिसु समाजवादी सोभीयत संघ आक्रान्त बनेको हो तर जोसेफ स्टालिनको कमाण्डीङमा लालसेनाहरुले कुनैपनि मोर्चामा विजय हाँसिल गरी सोभीयत संघलाई बचाएका थिए यो युद्धमा लाखौ मान्छेहरु मरे       

सन १९१९ मै कप्लान नाउँको मेन्सेभिक कार्यकर्ताले लेनिनमाथी गोली वर्षाएर क्रान्तिका मुल नेतृत्वलाई मृत्यु सैयामा पु¥याएका थिए १९३४ मा स्टालिनका उत्तराधिकारी किरोभलाई पनि लेनिनग्राडमा गोलि हानेर ट्राटस्टीका मान्छेहरुले हत्या गरे स्टालिन नेतृत्वको पार्टीलाई ध्वस्त पार्न पनि उनिहरुले पार्टी, सेना, सरकार, कम्युन सबै ठाउँमा व्यापक विद्रोह गरि सत्ताकब्जा गर्ने षडयन्त्र गरे तर बेलैमा त्यसको भेद खुलेकोले उल्टो सफाया भए ट्राटस्टी आफ्नै कार्यकर्ताबाट मेक्सिकोमा मारिए यो द्वन्दले सोभियत संघ बाहिरी विश्वमा कम्युनिजमप्रति नकरात्मक प्रभाव पा¥यो सयौँ हजारौँ वर्ष अघि देखि शोषक वर्गले हिंसा गरि राज्य चलाउँदै आएको परिवेशमा शान्ति शान्तिू भनेर के पो हुन्थ्यो ? ट्राटस्कीहरुले तरबारमा सान लगाएपछि स्टालिनहरुले पनि आवश्यक तयारी गर्र्नै पथ्र्याे सायद माक्र्स, एन्गेल्सहरुले सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त प्रतिपादन गर्नुको कारण यस्तै भएर होला तर कस्तो आश्चर्य भने सिद्धान्त प्रतिपदन गर्ने माक्र्सलाई महान भनेर कहिल्यै नथाक्ने तर त्यही सिद्धान्तलाई कार्यन्वयन गर्ने स्टालिनलाई सराप्नेहरु थुप्रै मिल्छन

 सोभियत संघले चमत्कारपुर्ण रुपले आर्थिक, भौतिक, सैनिक क्षेत्रमा विकास गरे त्यसबेला पश्चिमा विशेषत अमेरिका, व्रिटेन, फ्रान्सले जर्मनको हिटलर ईटलीको फासिस्ट नाजी पार्टीलाई साेिभयत संघ विरुद्ध उपयोग गर्ने नीति अपनाए जर्मन ईटलीमा फलाम स्पात कारखाना, हतियार कारखाना, बैँकहरु अन्य उद्योगहरु स्थापना गरे सोभियत भुमिमाथी आक्रमण गर्न प्रोत्साहन गरे अप्रत्यक्ष तर गंम्भीर भूमीकाहरु खेले तिनले

सन् १९३९ मा हिटलरले पश्चिम पोल्याण्ड सैन्य शक्तिको आडमा कब्जा गरे आफ्नो सामरिक सुरक्षाको लागि सोभियत संघले पनि जनताको मागलाई मध्यनजर राख्दै पुर्वी पोल्याण्ड बाल्टिक गणराज्यहरु आफ्नो संघमा मिलाए तथापि कुटनैतिक दक्षता प्रदर्शन गर्दै जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघले हिटलरी जर्मन मुसोलिनी ईटलीसँग अनाक्रमण सन्धि गरे यि सन्धिहरुले सोभियत संघ युद्ध हैन शान्ति चाहन्छ भनेर चरितार्थ पारे जुन समयमा सोभियत संघले आफ्नो आन्तरिक तयारी पनि गर्न पाए तर सन् १९४१ मा हिटलरी जर्मन फासिस्ट लाखौँ फौजले बिना सुचना सोभियत संघमाथी आक्रमण गरे केहि दिनमै हिटलरी सेना सयौँ कि.मी. भित्र घुस्न सफल भए, लाखौँ लाख जनताको हत्या गरेर उनको पल्टन तुफानी गतिले बढे

सोभियत संघको पश्चिमी थुप्रै नाकाहरुबाट हिटलरले २१४ डिभीजन झण्डै ११ लाख सेनाहरुले आधुनिक हतियार सहित आक्रमण गरे त्यसपछि रुसी लालसेनाको कमाण्ड स्तालिनले आफ्नो हातमा लिए हिटलरी मुसोलिनी फासिष्ट नाजी सेनाहरुलाई विनाश गर्ने लाल सेनाहरुको राणनीति कार्यनीतिहरु तय गरी स्थानिय जनतासँगको सम्बन्ध, गुरिल्ला आक्रमण, दुस्मनको मुल शक्तिसँग प्रतिरक्षा तर त्यसको रसदपानी आपुर्ती दलको पथमार्गमा गम्भीर चोटीलो आक्रमण, पहाडी भुमीको युद्ध, जंगलको युद्ध, खोला नदी किनारको युद्ध, शहरको युद्ध, गाउँ वस्तीहरुको युद्ध, मैदानी भुभागको युद्ध जस्ता रणभुमीका सयौँ हजारौ मोर्चाहरु संग्रामहरुमा स्टालिनको अचुक मार्गदर्शन अविस्मरणीय छन युद्धमा भागलिने सेनाहरुलाई रसदपानी, गोलीगठ्ठा, औषधी, कपडा, सञ्चार जस्ता अत्यावश्यक कुराहरु आपुर्तीको व्यवस्थापन उपलब्ध गराउने तत्कालीन सोभीयत संघको २० करोड जनता यति महान्् हुन कि उनैले अपराधीहरुका कब्जाबाट सोभीयतसंघ, युरोप विश्व बचाएका हुन

हिटलर मुसोलीनी फौजले सोभीयत संघमा साँच्चीकै राक्षसी आक्रमण गरेका थिए करोड स्टालिन भक्त क्रान्तीकारी जनता कम्युनिष्टहरुले वलिदान दिन परेको थियो यता अमेरीका, व्रिटेन फ्रान्स जस्ता घोर कम्युनिष्ट विरोधी पुँजीवादी साम्राज्यवादी शासकहरु चाँही सोभीयत संघको पतन अब हुन्छ भनेर मख्ख थियो तर जब हिटलरी सेनाहरुले फ्रान्स कब्जा गरे, लण्डनमाथी उसका हवाई सेनाहरुले बम्बाड गरे अनी जापानीज सेनाहरुलेपनि अमेरिकाको होनोलुलु शहरमा बम्बाड गरि त्याँहाको हजार अमेरिकीको हत्या गरे पुर्वी एसीया प्रसान्त महासागर वरपर अमेरिका, व्रिटेन फ्रान्सका उपनिवेशहरु कब्जा मात्र हैन कि आफ्नै राष्ट्रहरुको अस्तित्व समेत जर्मन, ईटली जापानबाट खतरा भएको अनुभुती भनौँ महसुस गरे हावाले उडाउँला भनेको कसीगंर आफुलाईपनि त्यो अाधीले उडाउने छाटकाँट पाए अनी रातारात रुजवेल्ट चर्चीलले सोभीयत संघको सर्वाच्च कमाण्डर जोसेफ स्टालिन सामु विन्ती गर्न पुगेलौ अब हामी हिटलर, मुसोलीनी तोगो जस्ता मानवद्रोहीहरु विरुद्ध संयुक्त मोर्चा बनाई लडन ¥यो  ।”

      विश्वशान्ति तथा मनवशान्तिको पथमा दृढता पूर्वक लागी पर्दै आईरहेको सोभीयत संघको चौतर्फी विकास सम्वृद्धीमा मार्गदर्शन गरी रहेको तर एकाएक हिटलर मुुसोलिनीको भिषण आक्रमणको प्रतिकार गर्न परी रहेको परिवेशमा जोसेफ स्टालिनलाई अमेरिका व्रिटेनको प्रस्ताव मनासिवै लाग्यो तसर्थ विना हिचकाचाहट राष्ट्रिहरुविच सम्झौता भयो जुन सम्झौताका मूल बुँदाहरु निम्न थिए

 . जर्मनेली हिटलर, ईटलीका मुसोलिनी जापानका तोगोका अतीक्रमणकारी सेनाहरु विरुद्ध सोभीयत संघ, संयुक्त राज्य अमेरीका व्रिटेन संयुक्त भई तिनको पतनको लागी संयुक्त मोर्चा बनाई लडने जसको नाम मित्र राष्ट्रहरु भनेर संम्बोधन गर्ने जसको सेनाको नाम मित्र सेना रहने

. मित्र राष्ट्रहरुले आफ्नो जल, स्थल हवाइ सेनाहरु अतिक्रमणकारी सेनाहरु विरुद्ध संयुक्त भई लडने

. मित्र राष्ट्रहरु एक आपसमा आर्थीक, भौतिक, सैनिक, सञ्चार, लजस्टीक सम्पुर्ण कुराहरु सम्भव भएसम्म एक अर्कालाई साथ सहयोग गर्ने

.    सोभियत संघले आफ्ना प्रभावित राष्ट्रहरुका कम्युनिष्ट पार्टीहरु, ट्रेड युनियन मजदुरहरुले आन्दोलन संघर्षहरु नगर्ने अमेरिका व्रिटेनले पनि ति कम्युनिष्ट पार्टीहरु, ट्रेड युनियन मजदुरहरुलाई धरपकड गिरफ्तार नगर्ने जेलमा भएकालाई मुक्त गर्ने, चली रहेको मुद्दाहरु फिर्ता लिने

.    मित्र राष्ट्रहरुको संख्या बढाउदै लाने विश्वशान्तीको लागी अतीक्रमणकारी राष्ट्रहरु विरुद्धको शक्ति बढाउदै जाने तिनलाई पतन तुल्याउने

.    समाज संसारमा शान्ति स्थापना गर्ने

.    इत्यादी

दोस्रो महायुद्ध शान्त पार्ने माथीका वुंदाहरुमा हस्थाक्षर भईरहेको परिवेशमा भारतमा चाँही अङगे्रज विरोधी आन्दोलन चलीरहेको थियो स्मरणरहोस् सन् १९४२÷१९४३ तिर नेपालका भु.पु. प्रधान मन्त्री गिरीजाप्रसाद कोईराला उनको दाई विसेश्वरप्रसाद कोईरालाविच वनारसमा एकदिन संम्वाद हुन्छ जसको सार यस्तो एकदिन दिउँसो वि.पी. ले आफना भाईलाई भन्छ “ए गिरीजा ! तिम्रो नेता अमृत डाँगे कहाँ ?

केरलाका अमृत डाँगे भारतिय कम्युनिस्ट पार्टीका नेता थिए   उहाँ केरलामा हुनुहुन्छ   गिरीजाले भन्छ

भारतिय काग्रेँसका नेताहरु कहाँ छन्  ? वि.पी.ले फेरी प्रश्न गर्छ

गिरीजाले जवाफमा भन्छ उहाँहरु जेलमा हुनुहुन्छ   वि.पी.ले अन्तमा आफ्नो भाईलाई भन्छ अङग्रेज विरोधी यत्रो आन्दोलन भईरहेको भारतमा कम्युनिष्टहरु कहाँ छन काङग्रेसहरु कहाँ छन आफै बुझ ।यस घटनाले गिरिजाको कम्युनिष्टहरुप्रति मोह भङ्ग हुन्छ

त्यसबेला भारतमा अङग्रेज विरुद्ध महात्मागान्धीले शान्तिपुर्ण रुपले भारत छोडो आन्दलेन चलाई रहेको थियो सुवास चन्द्र बोसको नेतृत्वमा आजाद हिन्दूको लागी सेना नै गठन गरेर शसस्त्र संघर्ष  सञ्चालन भईरहेको थियो सुबास चन्द्र बोस गान्धीका प्रतिनिधीहरुले त्यसवेला जर्मनका हिटलर जापानिज मुल नेता तोगोहरुसँग प्रत्यक्ष भेटवार्ता गरि व्रिटेन विरुद्ध कसरी जाने भनेर नीति निमार्ण रणनीतिहरु बनाएका थिए २५ अगस्ट १९४५ मा सुवासचन्द्र वोस जापानको एक प्लेनबाट रुसको  सहयोगको लागी जाँदै थियो तर प्लेन दुरघटनामा परी सुवासचन्द्र बोसको निधन भयो यता भर्खर अगष्ट अगष्ट मा जापानको हिरोसीमा नागासाकी शहर ध्वस्त भएको थियो १९४५ अगष्ट १० मा सोभीयत संघको लाल सेनाले भ्लाडीभोस्तकबाट जापान विरुद्ध युद्धको घोषण ¥यो तब जापानको सातो पुत्लो उड्यो १५ अगस्टमा आत्मा समपर्ण ¥यो तर चीनियाहरु चाँहि अझैँसम्म जापानले सेप्टेम्वर १९४५ मा मात्र आत्मा समर्वण गरेको ठान्छन् यसको मूल कारण भ्लादिभोस्टकबाट रुसीलाल सेनाले युद्धको घोषणा गरेपछि मङचुरिया आजको कोरिया स्थित जापानीज सेनाले आत्मा समर्पण गर्दै रुसी सेना सामु हातहतियार बुझाएका थिए तर चीनको जनमुक्ति सेना सामु हतियार बुझाएका थिएनन चीनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ जनमुक्ति सेनाका प्रमुख कमाण्डर चुतहहरुको कडा बक्तव्य पश्चात मात्र जापानले सेम्टेबर १९४५ मा हतियार बुझाउन थालेको थियो

जेहोस झण्डै करोडको ज्यान गएको १० करोड घाइते अपाङ्ग भएको दोसा्रे महायुद्धलाई साम्य तुल्याउन माथिका तिन राष्ट्रहरु बिच भएका सन्धी संझौताहरु बारे त्यसले ब्युत्पत्ति गरेका घटना परिघटनाहरु नेपालका विसेश्वर प्रसाद कोईराला गिरीजा प्रसाद कोईरालाहरुले जिवनमा अध्ययन गरे वा गरेननत्यस एैतिहासिक परिस्थितिमा कस्ता कस्ता जटिलताहरु सिर्जीए ति इतिहासका गर्भमै होलान तर नेपालका प्रधानमन्त्री बनेको वि.पी. जी.पी कोईराला दुई दाजुभाइहरु विच युवाकालमा वनारसमा भएको माथिको सम्वाद चाँही हालै नेपालवाट प्रकाशित हुने सेतोपाटी अनलाईन डट कम मा छापिएको जसको सार भारतका कम्युनिष्टहरु अङगे्रज उपनिवेशवादी पक्ष धर भएको भाव तर यथार्थमा सन १९४५ पछि चिनीया कम्युनिट पार्टीले भिषण शसस्त्र मुक्ति युद्ध चलाई रहेको थियो भारतमा चाँहि आजाद हिन्द पल्टनले शसस्त्र गान्धिहरुले भारतीय काग्रेंस पार्टीको नेतृत्वमा शान्तिपूर्ण रुपले भारत छोडो आन्दोलन राष्ट्रव्यापी चलाई रहको थियो उनिहरु सफलापूर्वक अगाडि बढिरहेको थियो जहाँ सोभीयत सघंको प्रभाव निस्चीत पर्ने वाला थियो यो कुरा चतुर व्रिटीस नेताहरुले वेलै माथि देखिर महात्मा गांन्धी उसको पार्टी भारतिय कंग्रेंस पार्टीलाई सत्ता हस्तान्तरण गरि उनिहरु फर्किएका थिए तर अदृश्य शर्तनामा गरेर कुरा पछि व्यवहारत चरितार्थ भयो कि भारतका महत्वपूर्ण फलाम, कोइलाखानी, पेट्रोलियमा, उद्योगहरु लगायत कैयौ कुराहरुमा अंग्रेज सरकार पुंजिपतीहरुका स्वमित्व रहने गरि यसरी सन् १९४७ मा अगे्रंजको पन्जाबाट भारत प्रत्यक्ष रुपले मुक्त भयो तर त्याँहाको अर्थतन्त्र , राजनीति, सामाजिक सास्ंकृतिक क्षेत्रहरुमा अङग्रेजको प्रभाव रहिनै रहयो यी घटना परिघटनाहरु नेपालका वि.पी., जी.पी. भारतका गांन्धी, नेहरुहरुले कति बुझे बुझेनन उनै जानुन

दोस्रो महायुद्धका खलनायकहरु विरुद्ध संयुक्त भई लड्ने माथिका विषयहरुमा निर्णय भएपछि सोभियत संध त्यसको सर्वोच्च नेतृत्व स्टालिनले ईमान्दारीपूर्वक आफ्नो भुमीका निर्वाह ¥यो तर अमेरिकाको रुजवेल्ट व्रिटेनको चर्चीलले चाँहि हिटर्लर मुसलिनीको २१४ डिभीजन फौजले सोभीयत संघमाथि भिषण आक्रमण गर्दा बेवास्ता नै गरे सोभियत संघलाई बचाउँन दुस्मनसँग प्रतिकार गर्न हम्मेहम्मे परिरहेको थियो त्यस ऐतिहासिक संकट पिँडा पूर्ण दिनहरुमा मित्र राष्ट्रको नाताले सोभियत संघले अमरिका व्रिटेनसँग भन्यो पश्चिममा एउटा युध्द मोर्चा खोलिनु ¥यो  तर उनिहरुले सुनेको नसुन्यौ ¥यो युध्द मोर्चा खोल्दै खोलेनन हिटलरले आफना सम्पुर्ण सक्ति सोभीयत संघ विरुध्द खन्यायो यता सोभियत संघका क्रान्तिकारी जनता स्टालिनको आदेश निर्देशनमा जस्तोसुकै वलिदान दिन पनि तयार थियो जर्मनले सोभियत संघको कुनै पनि शहर रेल स्टेशनहरु कब्जा गरेपछि त्यहाँका रेलका डिब्वा इन्जिनहरु जर्मन लाने गथ्र्यो त्यस्ता ७० हजार इन्जिन डिब्वाहरु हिटलरी जर्मनले लुटेर लगेको थियो अनि हिटलरी सेनाहरुले सोभीयत संघका गाउँ सहरहरु कब्जा गरेपछि यहुदीहरुलाई छानीछानी अनेकौँ यातना यन्त्रणा दिएर हत्या गर्थे सोभीयत संघमा मात्र झण्डै लाख यहुदीहरुका ज्यान लिएको अनुमान यी जस्तै सयाँै घटनाहरुले जर्मनी हिटलर साँच्चीकै लुटेरा, डाका, कु्र , अपराधी हत्यारा प्रमाणित भयो यस्ता घटनाहरुले युध्दका पछिल्ला दिनहरुमा सोभीयत संघका लालसेना जनता यति उच्च मनोबलका साथ लडे की जुन नैतिक शक्तिले हिटलरका सेनाहरु हरेक मोर्चामा परास्त हुदै गए त्यसमा स्टालिनग्राडको युध्द निर्णयक थियो जहा लाखौँ हिटलरी सेना मारिएका थिए कैयौ गिरफ्तारीमा परे यस युध्दपछि जर्मन ईटलीका सेनाहरु पछाडी हटदै गए लाल सेनाहरुले पहिला आफनो भूमी मुक्त गरे त्यसपछि पूर्वी युरोप पनि मुक्त गर्दै जर्मनको बर्लिनसम्म पु¥याए

यसै वेला जब जर्मनी सेना ईटाली सेना परास्त हुँदै गए, तव अमेरिका ब्रिटेनले आफना हवाई सेनाले ईटली जर्मनका प्रमुख सहरहरुमा बमवाड गर्न थाले स्थल सेनाहरु उतारी आक्रमक कारबाहीहरु गरे, फ्रान्स कब्जामा लिए हिटलर, मुसोलीनिको , वर्ष सम्मको भिषण आक्रमणमा कुनै उल्लेखनीय युध्दमा भाग नलिने अमेरिका व्रिटेनले रातारात सुरुङवाट फुत्त निस्केर ईटली, जर्मनीमा हवाई करावाही गर्नुको मूल लक्ष्य महापाखण्डी, षडयन्त्र कुटील दुष्ट प्रवृत्तीहरु हुन काम गर्ने कालु मकै खाने भालु भनेको यहि हो

 अमेरिका व्रिटेनले आफ्ना प्रभावित राष्ट्रहरुमा राम्रो काम गरेर उन्नती, प्रगती अनि आम जनताको संम्वृद्धी, सुरक्षा शान्ती कायम गरेको भए इतिहासका ति कर्तुतहरु विश्वका जनताले विर्सदै जाने थिए तर आजको विश्वमा अमेरीका इतिहासको वादशाह मै हुँ भनेर व्रिटेनलाई पनि पछाडि पारेर भयानक रुपमा प्रस्तुत भएका छन उसँग भएका आणविक बमहरुका आडमा विश्वको जताततै सैन्य क्याम्पहरु राखेर विश्वको राजा मै हँ भनेर डुक्री रहेछन् पृथ्वीको प्राकृतिक सन्तुलन गुम्दै जानुमा, विश्वमा तेस्रो महायुध्दको वादल आकाशमा मडारिनुमा वर्तमान अमेरिकी नेताहरु तिनका सेनाहरु मुल जिम्मेवार छन विश्वका अधिकाँस मुलुकका युध्द गृह युद्धहरु अनी त्यसले व्यूत्पत्ति गरेका भोक, रोग, शोक, शरणार्थी, करोडौ जनताका विचल्ली, वेहाल वन्नमा वर्तमान संयुक्त राज्य अमेरिका उसका गठबन्धन राष्ट्रहरु जवाफदेही भनौँ जिम्मेवार छन जापानको मामीला पनि यस्तै हो एसीयाली जनताका टाउको माथी युध्द थोपरी रहेका, करौडौँको हत्या गरेका, कोरिया कब्जा गरेर १९३७ देखि पुर्वी चीनमा शसस्त्र आक्रमण गरि नियन्त्रणमा लिएका जापानीज साम्राज्यावाद जिवित नै थियो तिनको विरुध्द संयुक्त सैन्य कारबाही गर्ने समझदारी भएको हो त्यस अनरुप रुसको सुदुर पूर्वको सहर भ्लाडीभोस्तकमा महिनौ दिन लगाएर १० लाख लालसेनाहरु उत्रेका थिए यसरी निकट भविष्यमा जापान परास्त हुने कुरा निश्चीत थियो किनकी उनको गुरु हिटलर समेत लालसेनाहरुबाट ध्वस्त भएको थियो

अमेरीकाले सन् १९४५ अगष्ट मा हिरोसीमा नागाशाकी शहरहरुमा आणविक बम प्रहार गरि विध्वशं मच्चायो लखौ निर्दाेष निरपराध जनताको हत्या ¥यो युरोपमा शन्ति छाएपछि माल्टा सम्मेलनमा तोगो निर्देशित जापानी साम्राज्यवाद विरुध्द संयुक्त सैनिक कारवाही गरि तिनलाई निस्तेज नियन्त्रण गर्ने भनेर जोसेफ स्टालिन, रुजवेल्ट चर्चील विच सम्झौता भनौ समझदारी बनेको हो तर अमेरीकाले आम विनाशकारी आणवीक बम प्रहार गर्ने निर्णय भएको होइन इतिहासमा यो अमेरिकको घोर युध्द अपराध हो तत्कालिन युध्दखोर जापान रुसी लालसेनाहरुबाट नै परास्त हुने निस्चीत थियो पूर्वीयुरोप सोभीयत लालसेनाका प्रभाव पकडमा परे झै जापान पनि त्यस्तै होला भनेर अमेरिकाले त्यो ध्वसांत्मक वम प्रहार गरि नियन्त्रणमा लिई अझै सम्म जापानमा झण्डै पचास हजार सेनाहरु तैनाथ गरि राखेका तर इतिहासको कठोर निर्म्म सत्यता के भने मानव जातिमा शान्ति सु व्यवस्थाको असली मार्ग के होके अमेरीकी दादागिरी नै हो होइन भने इतिहासका महानायक स्तालिनको मार्गदर्शन विकल्प हुन सक्दैन 

 

नोभेम्बर १२, २०१९