नयाराम साउदको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

प्रकाशित मिति : मङ्ल, कार्तिक १२, २०७६

मानबहादुर के.सी. ‘मुस्कान’ कैलाली

आपत्ति र बिपत्तीका परेका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय नयाराम साउदको परिवारलाई रु ५०,००० ( पचास हजार ) आर्थिक सहयोग गरेको छ ।
उक्त आर्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक महासचिब तथा बर्तमान सल्लाहाकार मान बहादुर के.सी. ‘मुस्कान’ र टिकापुर नगरपालिका-का प्रबक्ता तथा वडा नम्बर-४ का वडा-अध्यक्ष दिर्घ ठकुल्लाले स्वर्गीय नयाराम साउदका घरमा गई साउदकी धर्मपत्नी निर्मला साउदलाई प्रतक्ष्य भेटेर संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक महासचिब तथा बर्तमान सल्लाहाकार मान बहादुर के.सी. ‘मुस्कान’को उपस्थितीमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा टिकापुर नगरपालिका-का प्रबक्ता तथा वडा नम्बर-४ का वडा-अध्यक्ष दिर्घ ठकुल्ला प्रमुख अथिती हुनहुन्थ्यो, त्यस्तै बिशेष अथितीहरुमा पत्रकार महासंघ कैलालीका सदस्य तथा सुदूर सन्दर्भका सम्पादक भिम बहादुर बि.क., टिकापुर एक्स्प्रेसका सम्पादक मान बहादुर ठकुल्ला, ने.क.पा. नगर सदस्य तथा जनजाती सन्जालका वडा संयोजक जितराम चौधरी, ने.क.पा. नगर सदस्य धन सिंह साउद, दीपक साउद, अपाङ्ग सन्जालका वडा स्तरिय संयोजक प्रमोद लोहार रहनु भएको थियो ।
कैलाली जिल्लाको टिकापुर नगरपालीका वडा नम्बर-४ घर भई यूएईको फर्स्ट सेक्युरेटी कम्पनीमा कार्यरत नयाराम साउदको गत ३० सेप्टेम्बर २०१९ का दिन दुर्घटनामा परि मृत्यु भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्णले मृत आत्माको चिर शान्तिको कामना सहित सोकाकुल परिवारजन प्रती धैर्यधारण ब्यक्त गर्दै सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए, भने सुदूर पश्चिम सेवा समाज यूएईले गर्दै आएका समाज सेवाका कामहरुको पनि खुलेर नै प्रशंशा गरेका थिए ।
स्वर्गीय साउदकी धर्मपत्नी निर्मला साउदले सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यवाद दिदै आफुहरु दु:खद घडिमा हुदा राहत दिनु भएकोमा सुदूर पश्चिम सेवा समाज यूएई लगायत जो जसले सहयोग गर्नु भयो सबै प्रती आभार प्रकट गर्नु भएको थियो ।
स्मरण रहोस् स्वर्गीय साउदको परिवारमा बुढी आमा, श्रीमती र नाबालक दुई छोरा छन् ।