पवन संग्रौलाको कविताः संझनामा देबकोटा

जय कार्की प्रकाशित मिति : आइत, कार्तिक १०, २०७६

महाकवि लक्ष्मीप्रसाद देबकोटाको १११ औं जन्मोत्सवको अवसरमा युवाक्लब नयाँ बस्ति जोरपाटीद्धारा आयोजित कार्यक्रममा पवन संग्रौलाले बाचन गर्नुभएको कविता समसामयिक लागेकोले याहाँ प्रस्तुत गरेका छौं ।
सो कार्यक्रममा क्लबले बाङमय साहित्य शताब्दी पुरुष, अनुसन्धानविद,संस्कृतिविद सत्यमोहन जोशीलाई अभिनन्दन पनि गरेको थियो । उहाँले

नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा विशेष ध्यान नदिने हो भने विदेशी भाषाले विस्तारै विस्तारै निल्ने खतरा रहेको बताउनु भयो ।
उहाँ गत बैशाख महिनादेखि १०० वर्षमा प्रवेश गर्नुभएको छ । उहाँका झण्डै ५० वटा अनुसन्धानमुलक कृतिहरु प्रकाशित भएका छन । अहिले पनि भाषा अध्ययन, अनुसन्धान र साँस्कृतिक धरोहरको संरक्षण तथा नयाँ नेपाल निर्माणका लागि असाध्ये नै क्रियाशील र सम्मानित व्यक्तित्वभित्र पर्नुहुन्छ ।

सत्यमोहन जोशी

 

संझनामा देबकोटा- पवन संग्रौला

धोबीधारा काठमाण्डौमा रम्दै,
मौलाउँदै
धोबीसंगै धाराको पानीमा
डुबुल्की मार्दै,
लक्ष्मी बास भएसँगै
तिम्रो उदय भयो
धनको आगमनसंगै,
तिमी उल्लासमय बन्यौं ।
सबैका अन्तरदिलमा न्यानो, अनि कोमल बन्यौ
त्यसैले श्रद्धा सुमन
तिमी मै छ,
सबैको माल्र्यापण
तिमी मै छ ।

तिलमाधव अनि अमर
राज्यलक्ष्मीका
साईँला धरोहर तिमी,
गरिबी विपन्नताको
रेखालाई पार गर्दै,
तिम्रो उदियमान यात्रा,
सर्बत्र महाकविसम्मको
साधना ।
आजकै हृदयका कुनाकुना
ढकढक्याउँदै, प्रतिविम्वित हुँदै
तिमीमा पुष्पगुच्छा सजाउँदै
संझना तिमीमै अर्पेका छौं ।

बहुमुखी श्रद्धाले गुन्जिदै
कविताबाट
महाकव्यसम्मको तिम्रा अठोट
आज गुन्जयमान हुँदैछन
अद्धितीय प्रतिभाका
शक्तिशाली प्रतिउत्तरहरु
मुनामदन अनि शाकुन्तलमा
धाराप्रवाह अनि
मानवतावाद,स्वच्छन्दतावादी
आत्म विशेषताको
श्रीगणेश गर्दै
संसारमा तिमी भाषानुवादमा
प्रखर हुँदै
भाष्करको किरण जस्तै चर्कियो
काव्य सागरका जल देवता तिमी
स्वप्न संसारमा पनि काव्य संसार
विचरण गर्दै
महाकविको दोसल्लामा आभूषित बन्यौ ।
परमोत्कर्ष बन्न पुग्यौ
संझना बिछट्टै भयो
अनि सुधामय भयो ।

नयाँ बस्ति, जोरपाटी
लक्ष्मीपूजा कार्तिक १०, २०७६