श्रम शिक्षा र ट्रेड यूनियनको चासो- शरद सुवेदी

बहश

शरद सुवेदी प्रकाशित मिति : शनि, कार्तिक ९, २०७६

यो साता नेपाली श्रम बजारमा त्रिभुवन विश्व विद्यालयले संचालन गर्न लागेको श्रम शिक्षाको विषयले निकै चर्चा पायो । त्रिभूवन विश्व विद्यालयले आउँदो शैक्षिक शत्रबाट मानविकी शंकायको स्नातकोत्तर तहमा श्रम शिक्षा विषयमा नयाँ कक्षा संचालन गर्दै छ । श्रम शिक्षा के हो ? यसको अध्ययन किन र कसले गर्ने ? श्रम बजारमा श्रम शिक्षा पढेको जनशक्तिको माग कति छ ? हामी वार्षिक कति जनशक्ति उत्पादन गर्नसक्छौं ? उत्पादित जनशक्तिमध्ये कतिले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै रोजगार प्राप्तगर्ने र कतिले नयाँ रोजगारीको सृजनागर्ने हुनसक्छन ? श्रम शिक्षाले श्रम बजारमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोगीको भूमिका कसरी निर्वाहा गर्नसक्छ ? श्रम शिक्षाको विकासले कसरी औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन सकिन्छ ? सुमधुर औद्योगिक सम्बन्धले कसरी समग्र देशको राष्ट्रिय उत्पादनमा नै बृद्धि ल्याउन सक्छ ? यी र यस्तै विषयमा नेपालका ठूला टे«ड यूनियनहरुको सुझावको अपेक्षा सहित भर्खरै सम्पन्न अन्तरक्रियाले श्रम शिक्षा सम्बन्धि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नै गहिरो चासो पैदा गरिदिएको छ ।
त्रिभूवन विश्व विद्यालय नेपालको सवैभन्दा जेठो विश्व विद्यालय हो । सवैभन्दा धेरै विद्यार्थी अध्ययान गर्ने यो शैक्षिक संस्थाले देशको सर्वाङ्ग्रिण विकासमा अत्यान्तै महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाहा गरिरहेको छ । शिक्षाका सवै क्षेत्रमा विश्व विद्यालयको गौरवपूर्ण इतिहास छ र यस विश्व विद्यालयप्रति आम नेपाली विद्यार्थीहरुको गहिरो विश्वास छ यद्यपि अझै पनि बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा यसलाई आलोचना गर्नेहरुको मात्रा र परिणाममा कमी आएको छैन ।
श्रम शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको रोजगारको क्षेत्र कुन हो र त्यो कसरी विकास हुँदै छ । यो पनि आजको महत्वपूर्ण विषय हो । कतै श्रम शिक्षा अध्ययान गर्ने विद्यार्थी बेरोजगार हुने त हैनन् यस तर्फ सवैको उचित ध्यान जान आवश्यक छ । आज पनि हाम्रो देशको ठूला धनराशी शिक्षाको लागि वाहिरिरहेको छ । यसरी वाहिरिने धनराशीलाई स्वदेशमा नै रोक्नको लागि पनि विश्व विद्यालयले खोज अनुसन्धान गरी नयाँ नयाँ विषयको अध्यायन अध्यापन गर्ने गराउने जुन कार्य गर्न खोजिरहेको छ, यो अत्यान्तै सह्रानीय छ । विश्व विद्यालयका विभिन्न विषयहरुमा श्रम शिक्षा बारे अहिले पनि अध्ययन अध्ययापन भइरहेको छ ।
अर्थशास्त्र, समाजशास्त्र, पोलिटिकल साइन्स आदि विषयमा श्रम शिक्षाको विषयमा पढन पाईन्छ, यसैगरी कानून संकायमा पनि श्रम कानून, न्यूनत्तम ज्याला, अन्तर्राष्ट्रिय श्रम संगठन आदि विषयमा र म्यानेजमेण्टमा औद्योगिक सम्बन्ध, मानव संसाधन व्यवस्थापन, कलेक्टिभ बार्गेनिङ्ग, टे«निङ्ग एण्ड स्किल डेभ्लप्मेण्ट, श्रमसँग सम्बन्धित ऐन कानूनहरुलाई बिजनेस ल का रुपमा अध्ययन अध्ययापन भईरहेको भए पनि विश्व विद्यालयले पछिल्लो समय श्रमसँग सम्बन्धित सम्पूर्ण विषयलाई केन्द्रीकृतगरी मानविकी संकायको स्नाकोत्तर तहमा श्रम शिक्षासँग सम्बन्धित सम्पूर्ण विषयहरुलाई समेटी ४ सेमेस्टरका लागि सैद्धान्तिक तथा व्यवहारिक कोर्सको विकास गरिसकेको छ । विश्व विद्यालयले पछिल्लो समय विकास गरेका शिक्षाका केही नयाँ क्षेत्रहरुले गुणात्मक फडको मारिरहेका पनि छन । श्रम शिक्षा पनि नेपाली विद्यार्थी र विश्व विद्यालयको लागि यस्तै एउटा नयाँ विषय हुनेछ, जसले उत्पादित जनशक्तिले राष्ट्रिय र अन्तराष्ट्रिय श्रम बजारमा श्रम क्षेत्रको विकास, विस्तार र सम्बद्र्धन गर्नको लागि महत्वपूर्ण टेवा पु¥याउन सकोस, विश्व विद्यालयभित्र र बाहिरबाट यस्तो महत्वपूर्ण कार्य गर्ने सवैलाई हार्दिक शुभकामना ।
एउटा विद्यार्थी जो विश्व विद्यालयमा अध्ययन गररहेको हुन्छ, उ विश्व विद्यालय पश्चात औद्योगिक सम्बन्धको कुनै एउटा अंगमा प्रवेश गर्नु अवश्यम्भावी नै छ । चाहे उ उद्यमशिलताका विकास गरेर उद्यमी लगानी कर्ता बनोस्, चाहे उ श्रम क्षेत्रमा प्रवेश गरोस्् चाहे उ सरकारी सेवा मार्फत उत्पादन र श्रम क्षेत्रको व्यवस्थापकीय तथा अनूगमनीय भूमिकामा रहेस्, उसको लागि श्रम शिक्षा अनिवार्य बन्दछ । जब जुनसुकै विषय पढने विद्यार्थीलाई श्रम शिक्षा अनिवार्य आवश्यकीय शिक्षा हो भन्ने हाम्रो ठम्याई हो भने यसको पाठयक्रमलाई आधारभुत र विस्तृत गरी दुई भागमा बर्गिकरण गरिनु पर्दछ । आधारभूत श्रम शिक्षा अनिवार्य श्रम शिक्षाका रुपमा र विस्तिृत श्रम शिक्षालाई मानविकी शंकायको स्नातकोत्तर तहमा पढाई हुने गरी व्यवस्था गर्ने हो भने नेपालमा टे«ड यूनियन शिक्षाको शिक्षक राष्ट्रको रुपमा विकसित हुने कुरा निश्चित नै छ । स्नाकोत्तर तहमा मात्रै श्रम शिक्षा लागु गर्दा विद्यार्थीहरुका विचमा श्रम शिक्षा दीर्घकालिन रुपमा लोकप्रिय बनाउने चुनौति विश्व विद्यालय सामू सँधै रहिरहने छ ।
श्रम शिक्षाका सवालमा टे«ड यूनियनहरुको गम्भीर चासो रहनु स्वभाविक नै हो । आज नेपालका टे«ड यूनियनहरुले नै आम श्रमिकहरुलाई टे«ड यूनियन शिक्षाको विषयमा थोर बहुत ज्ञान दिईरहेकाछन् । टे«ड यूनियनको कामको यो प्रमुख पाटोको जिम्मा के त्रिभूवन विश्व विद्यालयलाई प्रदान गरेर भविश्यमा टे«ड यूनियन महासंघहरुले सुख पाउलान र, अवश्य त्यस्तो हुने छैन । त्यसैले श्रम शिक्षालाई सन्तुलित बनाउने तर्फ पनि टे«ड यूनियनहरुको चासो उत्तिकै हुन आवश्यक छ ।
श्रम शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुन आवश्यक छ । विश्व विद्यालयबाट निस्कने जनशक्ति रािष्ट्रय अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेष्ण गर्ने र त्यो विश्लेषणबाट भविश्यको निस्कर्ष निकाल्न सक्ने क्षमताको हुनुपर्दछ । हामीले श्रम शिक्षाका यी सवै पाटोहरुलाई गम्भीरता पूर्वक विवेचना गरेनौ भने अन्तर्राष्ट्रिय बजारमा टि.यू.को गरिमा कसरी बढाउन सकिएला र ? यसर्थ समय सापेक्ष अन्तर्राष्ट्रिय स्तरको कोर्ष निर्माण गरी त्यसलाई व्यवहारिक ज्ञानको लागि नेपालमा कार्यरत टे«ड यूनियनहरुसँग सहकार्य गर्ने व्यवस्था मिलाउन पनि टे«ड यूनियनको चासो रहनु पर्दछ ।
श्रम क्षेत्र देशको राष्ट्रिय उत्पादनसँग जोडिएको अत्यान्तै सम्वेदनशील क्षेत्र हो । आज श्रम बजारको झण्डै १५ प्रतिशत मात्रै श्रमिकहरु टे«ड यूनियनमा संगठित छन । झण्डै ८५ प्रतिशत श्रमिकहरु टे«ड यूनियनको दायारा वाहिर नै काम गरिरहेका छन । टे«ड यूनियन वाहिर हुने श्रमिकहरुले आफनो हक, हित र अधिकारको बारेमा आवाज बुलन्द गर्न सक्दैननन, त्यस्ता श्रमिकहरुले रोजगारीको सुनिश्चितता, न्यूनत्तम ज्याला, विदा, तथा अन्य सुविधाहरु प्राप्त गर्न सकिरहेका छैनन । टे«ड यूनियनहरुले आफनो संगठनको दायारा बढाउन नसक्ने हो भने देश भित्रै शैक्षिक जनशक्तिले निर्माण गर्ने पोलिसीलाई टे«ड यूनियनका माध्यामबाट एक जना श्रमिकसम्म पु¥याउने विषय जटिल बन्छ । तसर्थ यस तर्फ पनि टे«ड यूनियनको उपर्युक्त चासो रहनु वाञ्छनीय छ ।