लेबाननी आन्दोलनकारी भन्छन ”गठबन्धन सरकार सत्ता छोड, तिमीहरुले जनतालाई लुट्नुसम्म लुटेर कंगाल पा¥यौ।”

जय कार्की प्रकाशित मिति : सोम, कार्तिक ४, २०७६

लेबानन,

गठबन्धनको सरकारले पक्कै पनि जनताको दुखहरण गर्नेछ भन्ने विश्वासमा थिए लेबाननी जनता । तर, त्यसको उल्टो पो हुन गयो । सरकारमा पुगेका गठबन्धनले आफै सम्पन्न हुने आफै सभ्रान्त वर्गमा फेरिने र जनतालाई झन दरिद्र बनाउन करमाथि कर लगाउने आर्थिक सुधारका नाममा नयाँ नयाँ आर्थिक योजना को नाममा अझ धेरै जनतामा निहीत अधिकार खोस्दै जाने साझा एजेण्डा बन्न थालेपछि एक लेबानन एक एक समश्या समाधानको साझा नारासहित विभिन्न धर्म र संस्कृतिमा विभाजित सिंगो लेबाननीजनता एक ढिक्का भई सुधारले हुँदैन सत्ता छोड । हरिरीको मन्त्रिमण्डललाई बर्खास्त गर भन्दै जनताहरु सडक आन्दोलनमा उत्रिएका छन । यो भन्दा अघि एक पटक प्रधानमन्त्री हरिरीको हत्याको बदला लिन जनताहरु सडकमा उत्रिएका थिए ।

यसपटक उनीहरुको अरु माग छैन सरकारले पटक पटक धोका दिएकोले आश्वास कहिल्यै पूरा नगरेकोले सरकार र सत्तालाई हटाउनुपर्छ । यो सत्ता र सरकारको काम छैन भनिरहेका छन । यो किसिमको समश्या अन्य विकासशील मुलुकमा पनि निकै नै फैलिदै गएको देखिएको छ । सरकारमा जानका लागि गरिब दुखि जनतालाई अनेक प्रकारको समृद्धिको आश्वासनका पुलिन्दा बाँडने र सत्तामा पुगेपछि जनतालाई दमन गर्ने र राज्यबाट सबै सुविधाहरु संसदबाट कानुन बनाई बनाई आफै हसुर्ने । स्मरणीय छ, सुधारका कार्यक्रम अन्तरगत कामदार तथा कर्मचारीहरुको पचास प्रतिशतसम्म तलब भत्ता कटौति  गरिएको छ ।

अहिले लेबाननमा आम हडतालचलिरहेको छ तर यसले कस्तो निकास दिन सक्छ अझै प्रष्ट छैन । गठबन्धको सरकार ढल्यो भने कस्तो सरकार बन्छ या बन्दैन अनुमान गर्नसक्ने अवस्था छैन । हरिरी सरकारले ब्यापकरुपमा सुरक्षाकर्मीहरुको परिचालन गरिसकेको छ ।

लेबाननको बित्तिय मन्त्रालयको अनुसार लेबाननको ऋण लगभग ८६ अरब डलर अर्थात जिडिपीको १५० प्रतिशत बराबरी रहेको छ । ४५ लाख जनसंख्या रहेको यो दशमा सिरियामा भैरहेको युद्धको कारण १५ लाख सिरियाली जनता लेबानमा शरणार्थी जीवन विताईरहेका छन । यसकारण पनि देशको आर्थिक अवस्थाको यो हालत भएको हो भन्ने विश्लेषण पनि रहेको पाईएको छ ।

 

 

हेजबुल्ला प्रमुख हसन नसरल्लाहले सरकार परिवर्तनले अझ ठूलो नोक्सानी हुने भनि सरकारको बचाउ गर्दै आन्दोलनकारीहरुको मागप्रति असहमति व्यक्त गरेकाछन भने अहिलेसम्म सुरक्षामाथि चुनौति थपेको असान्ति फैलाएको चोरी र तोडफोडमा सामेल भएको आरोप लगाउँदै झण्डै ७० जना प्रदर्शनकारीलाई गिरफतार गरेको छ ।