न्याय- रजत गोले

कविता

प्रकाशित मिति : मङ्ल, अशोज २१, २०७६

आफ्नै पुर्खाले सिँचेको भीर पहरा
त्यही भुभागमा छौं हामी
आफ्नो घर आँगनको
माग गरिरहेछौं हामी
सत्ता फेरियो
कुर्सी फेरियो
न्याय कसले दिलाउने ?
आज नियाल्दा,
कसैले चपाएर थुकेको
पान पराग झैं छौं हामी ।

-मिरिक धुसेनी