औद्योगिक मजदुर संघ किरण सुज कम्पनीको १३ औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

प्रकाशित मिति : शनि, साउन ४, २०७६

कुमार खत्री, अखिल नेपाल औद्योगिक मजदुर संघ किरण सुज मानुफ्याक्चर्स प्रा.लि. प्रतिष्ठान मूल इकाई कमिटीको १३ औं बार्षिकोत्सव अध्यक्ष अर्जुन खत्रीको सभापतित्वमा अन्टुफ उपाध्यक्ष जय कार्कीको प्रमुख आतिथ्यता, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भूमबहादुर रेग्मीको विशेष आतिथ्यता तथा सो संगठनका महासचिव कृष्ण रेग्मी, के.स. कैलाशराज कार्की लगायतको आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथि जय कार्की, विशेष अतिथि भुमबहादुर रेग्मी, कैलाशराज कार्की लगायतले बर्तमान अवस्थामा संगठनले श्रमिकको जागिर जोगाउन र कारखाना जोगाउन खेल्नुपर्ने भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो भने सामाजिक सुरक्षा योजनामा सबै श्रमिकहरु सुचिकृत भएकोमा खुशी व्यक्त गर्दै श्रम ऐनको मजदुर विरोधी दफाहरुलाई खारेज गर्नुपर्ने र ट्रेड युनियन ऐनको संशोधनको हल्ला आईसकेकोमा त्यसलाई झनै मजदुर मैत्री  बनाउन लाग्नु पर्ने बताएका छन ।

 

सभापति अर्जुन खत्रीले खुत्रुके स्किमबाट संकलित रकमबाट सो कारखानामा कार्यरत ४१ जना दैविप्रकोप तथा विपतमा ज्यान गुमाएका श्रमिक परिवारका आफन्तलाई संझिदै कारखानामा कार्यरत श्रमिकहरुलाई नगद रकम हस्ताण्तरण गर्नुभएको थियो । त्यसरी राहत पाउने हुनेहरुमा दिपेश थापामगर, तुलाबहादुर भट्टराई, अर्जुन भट्टराई, सुमित्रा भट्टराई, नरबहादुर पुलामी, पूर्णबहादुर तामाङ, सुनिता तामाङ, सरिता खडका, डोरमाया श्रेष्ठ, मालती मगर, गोमा भण्डारी, जानकी भण्डारी, शान्ति श्रेष्ठ, शुशिला नेपाली, सुनिता लामा, माया गुरुङ, अम्बिकाप्रसाद धमाला, रिता कार्की, विष्णुकुमारी अधिकारी, पन्चमाया तामाङ, मंगलबहादुर तामाङ, कुमार दुलाल, सकला अधिकारी, विमला राई, चन्द्रकुमारी अधिकारी, शुशिला गिरी, रेनु पाख्रिन, नम्रता भुजेल, लालमाया तामाङ, सपना मोक्तान, कल्पना गुरुङ, हिरामाया श्रेष्ठ, नानु श्रेष्ठ, बेलीमाया प्याकुरेल, सन्तोष थोकर, भगवति तिम्सिना,प्रमिला केसी, दिपक दमाई हुनुहुन्छ । नगदप्राप्तिसंगै कतिपय श्रमिक साथीहरु खुशी पनि थिए साँकेतिकरुपमा भनेपनि संगठनले राहत प्रदान गरेकोमाभनि । केही श्रमिकहरुभने आफन्तलाई संझेर आँसु झारीरहेका थिए ।

कार्यक्रमलाई उत्सवमय बनाउन कलाकार श्रमिकहरुले सामूहिक नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन  नातिकाजी भण्डारीले गरेका थिए भने ब्याच वितरण लक्ष्मी पराजुली र तुलसा कार्कीले गरेका थिए ।