मन्त्री मातृकाका स्वकीय सचिव विष्टलाई पद र शक्तिको दुरुपयोग गरेको भन्दै हटाइए!

प्रकाशित मिति : शुक्र, साउन ३, २०७६

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वकीय सचिव सन्तोष विष्टलाई हटाएका छन् । पद र शक्तिको दुरुपयोग गरेर आर्थिक लाभमा लिप्त भएको आरोपमा विष्टलाई हटाइएको मन्त्रालय स्रोतले बताएकाे छ । विष्ट कुनै बेला मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी नामको पार्टीकाे विद्यार्थी संगठनका अध्यक्ष थिए । उनी मातृकाका विश्वास पात्र पनि भएकाले अवसर पाएका थिए ।

त्यसै कारणले मन्त्री मातृकाले विष्टलाई मायाँ गरेर स्वकीय सचिवमा नियुक्त गरेका थिए । मन्त्री फेरबदल हुने सूचीमा मातृकाकाे नाम नम्बर १ मा रहेकाे चर्चासंगै मातृकाकाे सचिवालयबाट विष्टकाे बहिर्गमन भएकाे छ । विष्टसंगै अन्य २ जना सचिवालय सदस्य पनि हटेकाे श्राेतकाे भनाई छ ।

मातृका यादव आफ्नो कार्य सम्पादनमा सफल हुन नसक्नुमा स्वकीय सचिव विष्टको मुख्य भूमिका रहेकाे निष्कर्ष पछि सचिवालय फेरबदल भएकाे स्रोत बताउछ । स्वकीय सचिव भएदेखि नै मन्त्री मातृका यादव बदनाम हुँदै जाने विष्ट भने मालामाल हुँदै जाने अवस्था आएकाे मन्त्री निकट एकजना सहयोगीले साँघुलाई बताए । सचिवलायमा विष्ट सम्हालेको रिक्त स्थानमा देवशरण यादव “बिक्रान्त” लाई ल्याइएकाे खबर छ ।

बिक्रान्त, विगतमा मातृका यादवले मूलधारबाट छुट्टिएर गठन गरेकाे नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका थिए । उनी कानून व्यवसायी पनि हुन् । आफ्नो सर्कलमा स्वच्छ छवि बनाएका भनिएका “बिक्रान्त” नेकपामा राम्रा कार्यकर्ताका रुपमा परिचित भएकाे तराई मधेशमा चर्चा हुने गर्दछ ।

बिक्रान्त, काे नेतृत्वमा चल्ने सचिवालयले उद्याेग मन्त्री मातृका यादवलाई मन्त्री फेरबदलकाे डेन्जर जोनबाट सेफ जोनमा ल्याउन सक्ला ? त भनेर मन्त्रालयमा यति बेला चर्चा हुन थालेकाे छ ।