साझा यातायातलाई सरकारको सेयर लगानीको रुपमा ३ अर्ब दिने मन्त्रिपरिषद निर्णय

प्रकाशित मिति : बिहि, साउन २, २०७६

काठमाडौं । सरकारले साझा यातायातलाई ३ अर्ब रुपैंया उपलब्ध गराउने भएको छ । ३ सय थान विद्युतीय बस खरिद गर्नका लागि सरकारले साझालाई उक्त रकम उपलब्ध गराएको हो ।

मन्त्रिपरिषद बैठकका निर्ण सार्वजनिक गर्नका लागि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सो कुरा बताएका हुन् । तर यो रकम सरकारको सेयरका रुपमा रहने गरी दिन लागिएको समेत उनले जानकारी दिए ।