एनिमेसन स्टुडियोमा आगलागी हुदा, कम्तिमा १३ को मृत्यु ४० जना भन्दा बढी घाइते

प्रकाशित मिति : बिहि, साउन २, २०७६

काठमाडौं । जापानको क्योटोको एक एनिमेसन स्टुडियोमा बिहीबार बिहान एक जनाले आगो लगाएका छन्। आगलागीमा परीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ४० जना बढी घाइते भएका छन्।

समाचार पत्र जापान टाइम्सका अनुसार ती आक्रमणकारीले पहिला भवनमा ज्वलनशील पदार्थ छर्केका थिए। अनि केहीबेर आगो सल्काएका थिए। आगलागीका बेला झन्डै ७० जना मानिस काम गरिरहेका थिए। आगो लगाउने ४१ वर्षीय पुरूष पनि आगलागीमा परी घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ।