अविरल वर्षाका कारण बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता (विवरणसहित)

प्रकाशित मिति : मङ्ल, असार ३१, २०७६

काठमाडौं । अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछिको पहिरो, बाढी र डुबानमा मंगलबार साढे १२ बजेसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार झापामा ३, मोरङमा २, सुनसरीमा २, पाँचथरमा १, भोजपुरमा ५, इलाममा १, ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। त्यस्तै, खोटाङमा ३, उदयपुरमा १, महोत्तरीमा ४, धनुषामा ४, सिराहामा ४, सर्लाहीमा १, रौतहटमा ९, पर्सामा २, बारामा २, रामेछापमा १, सिन्धुलीमा ४, काभ्रेपलाञ्चोकमा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षातका कारण काठमाडौंमा ३, ललितपुरमा ६, मकवानपुरमा ५, धादिङ्गमा २, पाल्पामा १, दाङ्गमा २, कपिलवस्तुमा १ र डोल्पामा २ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार बाढी र वर्षाका लागि पूर्वसूचना प्रणाली सक्रिय गराइएको, सामाजिक सञ्जाल र मिडियाबाट सुसूचित गरिएको बताइएको छ। त्यस्तै बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४१ हजार २ सय ४ जनशक्ति परिचालन भएको गृह मन्त्रालयले जनाएको छ। हालसम्म ३ हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ।

गृह मन्त्रालयले अवरुद्ध सडकहरु खुलाउने प्रयास भइ रहेको तथा केही मार्गहरु खुलिसकेको जानकारी दिएको छ। त्यस्तै, अवरुद्ध विद्युत र सञ्चार सुचारु गर्न तीव्रता दिइएको र नेपाल टेलिकमको सेवा वैकल्पिक तरिकाबाट प्रवाह भएको जनाएको छ। भारतीय पक्षसँग समन्वय गरी सर्लाहीमा पानी निकासा गराइएको, रौतहटमा पनि पानी निकासा भएको, कोशी बाँधको लागि पनि निरन्तर समन्वय भइरहेको र लक्ष्मणपुर बाँधको स्थिति सामान्य रहेको जनाएको छ।

मानवीय क्षतिको विवरण ( गृह मन्त्रालय)

सि.नं. जिल्ला मिति न.पा./गा.पा. लिङ्ग वर्ष नामथर कैफियत
१ झापा २०७६।०३।२७ दमक न.पा.- १० म. ६ एलिजा न्यौपाने कल्भटको पानीमा डुवी
२ झापा २०७६।०३।२८ शिवसताक्षी न.पा.- ५ पु. ९ सौगात चापागाई खोलाले बगाउदा
३ झापा २०७६।०३।३० मेचीनगर न.पा.- १३ पु. ३ अजित प्रसाई खोलामा डुबी खोलाले बगाएको
४ मोरङ्ग २०७६।०३।२९ रतुवामाई- ६ पु. १२ अमित हेमरन पानीले बगाउदा
५ मोरङ्ग २०७६।०३।२९ कानेपोखरी- २ पु. १४ ……….ऋषिदेव पानीले बगाउदा
६ सुनसरी २०७६।०३।२९ हरिनगरा गा.पा.- २ पु. १२ तोसिब मिया पानीमा डुबेर
७ सुनसरी २०७६।०३।३० दुहबी न.पा.- २ पु. ४ जुगेर मिया पोखरीमा डुवेर
८ पाँचथर २०७६।०३।२७ मिक्लाजुङ गा.पा.- ४ पु. १० दिवन राई विद्यालय आउने क्रममा खोलाले बगाएको
९ भोजपुर २०७६।०३।२६ रामप्रसादराई गा.पा.- ७ पु. ६६ जगत बहादुर राई वर्षाका कारणले घर भत्किएर
१० भोजपुर २०७६।०३।२७ मकेमैयुङ गा.पा.- ९ पु. १४ जनक बि.क. पहिरो आई च्यापिएर
११ भोजपुर २०७६।०३।२८ रामप्रसादराई गा.पा.- ५ म. ३५ मन कुमारी राई घरमा पहिरो आई पुरिदा
१२ भोजपुर २०७६।०३।२८ रामप्रसादराई गा.पा.- ५ पु. १७ शिव कुमार राई घरमा पहिरो आई पुरिदा
१३ भोजपुर २०७६।०३।२८ रामप्रसादराई गा.पा.- ५ पु. १५ शक्ति कुमार राई घरमा पहिरो आई पुरिदा
१४ ईलाम २०७६।०३।२७ चुलाचुलि गा.पा.- १ पु. ५५ मानाहाङ लावती खोला तर्ने क्रममा खोलाले वगाएको
१५ ओखलढुंगा २०७६।०३।२७ चिसंखुगढि गा.पा.- ४ म. ८० पासाङपुटी शेर्पा खोलाको बाढिले बगाएको ।
१६ ओखलढुंगा २०७६।०३।२८ सिद्धिचरण न.पा.- ६ म. ४० कान्छीमाया क्षेष्ठ पहिरोले वगाई
१७ ओखलढुंगा २०७६।०३।२८ मोलुङ्ग गा.पा.- ७ म. ४० खपुटी शेर्पा घर परिएर
१८ ओखलढुंगा २०७६।०३।२८ मोलुङ्ग गा.पा.- ७ म. १२ याङजी शेर्पा पहिरोले घर पुरिएर
१९ खोटाङ २०७६।०३।२७ खोटेहाङ गा.पा.- २ म. २७ रेखा राई पहिरो आई घर पुरेको
२० खोटाङ २०७६।०३।२७ खोटेहाङ गा.पा.- २ पु. ४ रोमन राई पहिरो आई घर पुरेको
२१ खोटाङ २०७६।०३।२७ खोटेहाङ गा.पा.- २ पु. ७ म. रोहन राई पहिरो आई घर पुरेको
२२ उदयपुर २०७६।०३।२९ चौदण्डिगढि न.पा.- ४ पु. ३५ मन कुमार तामाङ खोलाले बगाई बेपत्ता भएकोमा मृत फेला
२३ महोत्तरी २०७६।०३।२७ बलवा न.पा.- २ पु. ७२ हनिफ बैठा धोबी बगाई बेपत्ता भएकोमा ०३।२९ गते लास फेला
२४ महोत्तरी २०७६।०३।२९ भंगाहा न.पा.- ४ १७.म वतन नखुलेको रातो खोलाले बगाई ल्याएको बालक फेला
२५ महोत्तरी २०७६।०३।३० सोनमा गा.पा.- १ पु. ५ ईन्ताज नदाफ कल्भर्ट तर्ने क्रममा चिप्लिन गई
२६ महोत्तरी २०७६।०३।३० सोनमा गा.पा.- १ पु. ६ अजरुदिन नदाफ कल्भर्ट तर्ने क्रममा चिप्लिन गई
२७ धनुषा २०७६।०३।२८ गणेशमानचारनाथ न.पा.- ४ पु. नामथर नखुलेको खाल्डोमा जमेको पानिमा मृत अवस्थामा
२८ धनुषा २०७६।०३।30 धनुषाधाम न.पा.- ४ पु. 60 विपतिया महारा खोलामा डुबेर
२९ धनुषा २०७६।०३।२८ जनकनन्दिनी गा.पा.- १ पु. ३५ छेदी गुप्ता मा.प.से. गरी पानीमा डुवी
३० धनुषा २०७६।०३।30 मुखियापट्टी मुसहरनिया- १ पु. ६५ सीयाराम यादव पानीमा डुवेर
३१ सिराहा २०७६।०३।२८ मिर्चैया न.पा.- ४ म. ११ रागनी कुमारी महतो खाल्टोको पानिमा डुबि
३२ सिरहा २०७६।०३।२९ सिरहा न.पा.- १७ म. ३० नाम नखुलेको पटेर्वा स्थितमा कमला बाँध नजिक मृत फेला
३३ सिरहा २०७६।०३।२९ मिर्चैया न.पा.- ४ म. ५ प्रियंका साह पोखरीको डुबि
३४ सिरहा २०७६।०३।२९ नरहा गा.पा- ३ पु. ६५ सोभित ब. कटुवाल खाल्टोको पानीमा लडी उपचारको क्रममा
३५ सर्लाही २०७६।०३।३० कौडेना गा.पा.- ५ पु. २ ऐयान खान खेल्ने क्रममा पानीमा डुवेर
३६ रौतहट २०७६।०३।२८ गौर न.पा.- ३ पु. ४० शिव मंगल पटेल जमेको पानिमा डुबि
३७ रौतहट २०७६।०३।२९ दुर्गाभगवती गा.पा.- ४ पु. ४० विरेन्द्र मिश्र पानीमा डुवेर
३८ रौतहट २०७६।०३।२९ इसनाथ न.पा.- १ पु. ३५ हरेन्द्र राय यादव पानीमा डुवेर
३९ रौतहट २०७६।०३।२९ गौर न.पा.- ३ पु. ४० उमेश राउत पानीमा डुवेर
४० रौतहट २०७६।०३।३० राजपुर न.पा.- १ पु. ३५ सोनेलाल सहा सोनार डुवेको लास फेला परेको
४१ रौतहट २०७६।०३।३० राजदेवी न.पा.- ८ पु. ४ पुरुश्वोत्तम यादव बाढीमा घाईते भइ उपचारका क्रममा
४२ रौतहट २०७६।०३।३० वृन्दावन न.पा.- ४ पु. ८ परमेश्वर राम पानीमा डुवेर
४३ रौतहट २०७६।०३।३० गढीमाई न.पा.- १ पु. ९ रवि राम पानीमा डुवेर
४४ रौतहट २०७६।०३।३० राजदेवी न.पा.- ८ पु. २ सिद्धान्त राय यादव जमिरहेको पानीमा डुवेर
४५ पर्सा २०७६।०३।२७ पर्सागढी न.पा.- १ पु. १२ निखिल पटेल बाढिले ल्याएको दाउरा निकाल्ने क्रममा
४६ पर्सा २०७६।०३।२९ बिरगंज म.न.पा.- २४ पु. १४ अनुप पटेल खोलाले बगाएको
४७ बारा २०७६।०३।२७ परवानीपुर- २ पु. २ विक्की यदाव नालामा डुवी
४८ बारा २०७६।०३।२८ कलैया उ.म.न.प- १३ पु. १० अंजित साह खाल्डोमा जमेको पानीमा डुबी
४९ रामेछाप २०७६।०३।२७ रामेछाप न.पा.- ६ म. ७० पदम कुमारी सुनार वर्षाका कारणले गोठ भत्किएर
५० सिन्धुली २०७६।०३।२७ फिक्कल गा.पा.- १ म. ३५ हेम कुमारी सुनुवर पहिरोले गोठ बगाउँदा
५१ सिन्धुली २०७६।०३।२७ दुधौलि न.पा.- ४ पु. ३ कार्वन कपारी भल बाढी घरमा पस्दा
५२ सिन्धुली २०७६।०३।२८ दधौली न.पा.- १२ म. ३० सुनिता पौडल घरमा पहिरो आई पुरिदा
५३ सिन्धुली २०७६।०३।२८ दधौली न.पा.- १२ म. १० सविता पौडेल घरमा पहिरो आई पुरिदा
५४ काभ्रेपलाञ्चोक २०७६।०३।२७ बनेपा न.पा.- ३ म. ६० गोमा दंगाल घर माथीबाट पहिरो आई घर भत्किदा
५५ काभ्रेपलाञ्चोक २०७६।०३।२७ बनेपा न.पा.- ३ म. ७ सुहाबी दंगाल घर माथीबाट पहिरो आई घर भत्किदा
५६ काभ्रेपलाञ्चोक २०७६।०३।२७ रोशी गा.पा.- ११ म. ६५ कृष्ण देबी रायमाझी घरमा पर्खाल खसि च्यापिएर
५७ काठमाण्डौ २०७६।०३।२७ मुलपानी बाबाचोक म. ३५ सर्मिला यादव ट्रस्टको वाल भत्कदा
५८ काठमाण्डौ २०७६।०३।२७ मुलपानी बाबाचोक म. ३० नितु यादव ट्रस्टको वाल भत्कदा
५९ काठमाण्डौ २०७६।०३।२७ मुलपानी बाबाचोक पु. १२ कुन्दन यादव ट्रस्टको वाल भत्कदा
६० ललितपुर २०७६।०३।२७ बाग्मती गा.पा.- २ पु. ११ सुरज जिम्बा पहिरो आई घर पुरिदा
६१ ललितपुर २०७६।०३।२७ बाग्मती गा.पा.- ७ म. ४५ सिता राना मगर माथिबाट माटोको ढिस्कोले च्यापिएर
६२ ललितपुर २०७६।०३।२८ महाँकाल गा.पा.- १ पु. ३० अविरल गोले पहिरो आई घर पुरिदा
६३ ललितपुर २०७६।०३।२८ कुन्ज्योसम गा.पा.- २ पु. १० संन्दिप लोल्हो पहिरो आई घर पुरिदा
६४ ललितपुर २०७६।०३।२८ कुन्ज्योसम गा.पा.- २ म. ४५ सानु मैया लोल्हो पहिरो आई घर पुरिदा
६५ ललितपुर २०७६।०३।२८ कुसन्ती पु. ३९ सुवेश बस्नेत खोलाले बगाउदा
६६ मकवानपुर २०७६।०३।२७ थाहा न.पा.- ३ म. १४ सन्तमाया बलामी खोला तर्ने क्रममा खोलाले बगाएको
६७ मकवानपुर २०७६।०३।२७ कैलाश गा.पा.- १० पु. ५० सानुकान्छा सुनार खोला तर्ने क्रममा बगाई
६८ मकवानपुर २०७६।०३।२७ ईन्द्रसरोवर गा.पा.- २ म. १४ सृष्टी डिम्डुङ माथी बाटै पहिरो खस्न गई पुरीएको
६९ मकवानपुर २०७६।०३।३० ईन्द्रसरोवर गा.पा.- १ म. १८ वविता वलामी माथिबाट पहिरो खसी
७० मकवानपुर २०७६।०३।३० ईन्द्रसरोवर गा.पा.- १ म. ४२ कान्छीमाया वलामी माथिबाट पहिरो खसी
७१ धादिङ्ग २०७६।०३।२७ गजुरी गा.पा.- ४ म. ८ अस्मिता तामाङ घर माथीबाट पहिरो आई घर भत्किदा
७२ धादिङ्ग २०७६।०३।२७ बेनिघटरोराङ गा.पा.- ३ पु. ४२ राज कुमार ठकुरी खोला तर्ने क्रममा उक्त खोलाले वगाएर
७३ पाल्पा २०७६।०३।२८ तिनाउ गा.पा.- ३ पु. ३१ धन बहादुर सुनारी मो.सा सहित पहिरोले बगाएर
७४ दाङ्ग २०७६।०३।२८ वंगलाचुली गा.पा- ८ पु. ८ भक्त सिंह बैजाली सुख्खा खोलामा आएको बाढीले बगाउँदा
७५ दाङ्ग २०७६।०३।२९ घोरही उ.म.न.पा.- ६ पु. १८.म शिसिर खत्री पानीमा डुबी
७६ कपिलवस्तु २०७६।०३।२९ मायादेवी गा.पा.- ४ पु. ५५ रामबेलास हरिजन पानीमा डुबी मृत अवस्थमा फेला
७७ डोल्पा २०७६।०३।२८ मुड्केचुला गा.पा- १ पु. ३८ धर्मराज बोहोरा वाढीले घर बगाउँदा
७८ डोल्पा २०७६।०३।२८ मुड्केचुला गा.पा- १ पु. ४५ चन्द्रा कुमारी सार्की वाढीले वगाएर