शरद पौडेलको कविताः भन न लिखेइ आमा…

प्रकाशित मिति : मङ्ल, असार ३१, २०७६

शरद पौडेल

अन्याये सहन नि मन लाउन्न,
हेलाँमा बाँच्न नि मन लाउन्न,
अतिचार हुँदा बोल्न मन लाऊँच,
सत्ते बोल्न नि धक लाउन्न !
भन न लिखेइ आमा,
म जस्तिका काल चाँरो
आम्च रे हो ?

म जस्थिलाइ सर्खारले नि
झम्टन्च रे हो ?
कति सहुम्त नि,अ‍ैमैई
माथिको हेलाँहहोचो ?
कति सहुम्त नि, कुजातको
बचन ठेलो ?
कैले बौसि भन्दै नाङ्गै पारे
कैले पनेरो छोई भनेर हुर्मुत झारे ?
मुन्छेको जात नि भैइएन केरे
सँधै पशुकै थान्कामा पारे ?
सइयो नि लिखेई आमा
सहनुसम्म् सइयो !
बिनिसत्थिमै,
तिर जस्ता मुटु छेड्ने बचन सइयो !
ठाम कुठाम तिन्ले अरेका
बिजेत सइयो !
तिन्ले नछोई भनेका जीमि छौइएन
तिर्खाले परान सुख्दा नि
चौरीको धारो पनेरो तक छोइएन
तर्केर हिनियो
गामको मुलबाटो तक हिनिएन !
घाँटी घाँटी सम्मै आईच अब त !
मर्नेको डर नि हराईच अब त !
को पो छ र अजम्मरी ?
आखिराँ एकबारकै जुनि त रच !
त्यसैले त होला नि लिखेई आमा
हिजाज त नमिठो बचन
सहन नि मन लाउन्न ?
हेँला भैइर बाँच्न नि मन आउन्न !
यसैपनि गानु रोगले हल्लाइको ज्यान,
दसोटा केटाटीले चुसेर चाल्नो पारेको ज्यान,
हातमुख जोर्न
घोट्नुसम्म् हड्डी घोटेका ज्यान,
हेला होचो र अन्यायले डामेको ज्यान,
कति पो बाचम्ला र लिखेई आमा ?
के को रहर भयो ? के को डर पो भयो र
अब म यस्थीलाई ?
झम्टोस् कोल्ले झम्टने हो ?
अ‍ैमैइ भनेर लौनीमुन्छेले झम्टे नि,
पौनी भन्दै माथ्ला जात भन्निले झम्टे नि
निएम मानिनस् भनेर सर्खार झम्टे नि,
तिन्का खिलाप् उभिएरै मर्चु?
आँखा सोझि हेरेरै मर्चु !!

तिन्लाइ अम्ला ठड्याएरै मर्चु !
आँफुलाइ लाम्नि
ठिक् बोलेरै मर्चु !!