ट्रेड युनियन ऐन संशोधन छिट्टै हुने, श्रम ऐनको सशोधन कहिले ?

Communistonline प्रकाशित मिति : मङ्ल, असार ३१, २०७६

File Pic. of ANTUF

असार ३१, काठमाण्डौ,
ट्रेड युनियनहरुका विषयमा नकारात्मक टिका टिप्पणी गर्दै उनिहरुको अधिकारमाथि अंकुश लगाउने साजिस चलिरहेको यो घडिमा श्रम विभागले आज जिफन्ट, अन्टुफ, एनटियुसी, कोनेप लगायतको ट्रेड युनियन महासंघहरुको बैठकको आयोजना गरि ट्रेड युनियन ऐन २०४८, पहिलो संशोधन २०५२ लाई संशोधन गर्ने तयारी भैरहेको बताएको छ ।
टे«ड युनियन संशोधन मस्यौदा समिति आजै गठन गर्ने भनिए तापनि मुख्यत ठूलो आधार भएका चारवटै महासंघका अध्यक्षहरुको उपस्थितिमा मात्र गर्ने सहमति भएको छ । तर विभागले टिपोटहरु संकलन गर्नसक्ने सहमति पनि भएको छ । सबै महासंघहरु तथा पेसागत संघहरुले टे«ड युनियन ऐनको संशोधनबाट थप अधिकारको माग गरिरहेका छन । सबै मजदुर महासंघहरु युनियनहरुलाई अझ सशक्त र मजबुत बनाउने, मर्यादित बनाउने योजना बनाई रहेका छन भने टे«ड युनियन विरोधीहरु यो संशोधनलाई मजदुर संघको अधिकार खोस्ने राम्रो मौका ठानिरहेका छन ।
बैठकमा संघ दर्ताको झमेलालाई न्यून गर्नको लागि दर्ता प्रक्रिया पूरा नगरी ल्याएको संघ दर्ताको निर्णय तीन महिनाभित्र लिखित मौखिक पत्राचार गरी सम्बन्धित संघ तथा महासंघहरुलाई सुचना प्रवाह गर्ने, दर्ता वा नविकरणका लागि प्रस्तुत गरिएका संघहरुले अन्य कुनै संघहरुसित नाम तथा लोगो मिल्दोजुल्दो राख्न नहुने । दर्ता तथा नवीकरण शुल्क विभागले तोकेको बंैकमार्फत राजश्व खातामा दाखिला गर्नुपर्ने, संघहरुको एकता तथा मर्जलाई झमेला युक्त नबनाई सरल बनाउने लगायतका निर्णयहरु भएका छन । विभाग र महासंघहरुवीच छ÷छ महिनामा बैठक बस्ने पनि सहमति भएको छ ।
अहिले नेपाली मजदुरहरुले श्रम ऐनको पनि तत्काल संशोधन गर्नुपर्ने माग गरिरहेका छन । श्रम ऐनले मजदुर अधिकारको रक्षा गर्न नसकेको र प्राप्त अधिकारलाई पनि कानुनको हातको खेलौना बनाएको बताउँदै आएका छन ।