संजय क्षेत्रीको कविताः अन्तरघाति

प्रकाशित मिति : सोम, असार ३०, २०७६

पहिलो पटक,
यिनको भाषण सुनेर मैले थुइक्क भनेको छु
सुन्न नसकेर आप्पुई के बोलेको ? भनेको छु
त्यो सुनेदेखि अझै मलाई कुरी कुरी लाग्दैछ
कुनै दिन भेटेर, कमरेडसित,
गरम जोशकासाथ हात मिलाउँदै
सच्याउँला भन्दै थिएँ,
जातीय मुक्तिका कुरा थपिदिउँला भन्दैथिएँ
बर्गीय माया साटौंला भन्दै थिएँ
तर,
यिनले बर्गबैरीलाई सलाम ठोकी सकेछन
अन्तरघातको तक्मा छातीमा टाँसिकेछन
यही धर्तीमा माटोको माया लेखिदैछ
त्यही धर्तीमा अन्तरघाति उम्रिदैछ
उफ ! अन्तरघाति …