नीरा सुब्बाको हाइकु

प्रकाशित मिति : सोम, असार ३०, २०७६

कड़ा कटुस
कठोर आवरण
कमलो गर्भ ।

 

कालो छ अश्व
थाकेका टापहरु
सुस्त छ चाल ।

 

मिठो भोजन
हातमुख नजोडी
खाने कसरी ?

 

हरियो सुन
प्यालाभरी सजिए
चुस्की बनेर ।

 

 निथ्रुक्क चरी
अविरल असार
चिसिए ओथ्रा ।

 

भूई कुहिरो
फैलिएका च्यादर
छेक्दैछ छाँया ।

 

पहिलो स्पर्श
लोलाएका शिरीष
लोभी भँमरा ।