देश भरि अविरल वर्षाका कारण, मृत्यु हुनेको संख्या ३५ पुग्यो, १८ जना बेपत्ता

प्रकाशित मिति : आइत, असार २९, २०७६

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या यो समाचार तयार गर्दासम्म ३५ पुगेको छ, भने १८ जना बेपत्ता भएका छन् । त्यस्तै धेरै जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा ५ जनाको मृत्यु भएको छ ।


काठमाडौं, खोटाङ र काभ्रेमा तीनरतीन जनाको मृत्यु भएको छ । यता भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुईरदुई जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकरएक जना गरी ३५ जनाको ज्यान गएको हो । अहिले तराईका अधिकांश जिल्लामा डुबानमा परेका छन् । बिषेशगरी रौतहट, धनुषा, सिराह, सप्तरी, सिन्धुली, महोत्तरी, बारा, पर्सा लगाएतका जिल्ला उच्च डुबानमा परेका छन् ।

बिषेश गरी रौतहट स्थित बाग्मती र लालबकैया नदीमा आएको बाढी नेपाल भारत सीमामा भारतले बनाएको बाँधका कारण गौरका बस्ती तिर छिरेको छ । जस कारण गौर पूर्ण डुबानमा परेको छ । गृहमन्त्रालयले शनिबार बिहानै भारतीय पक्षलाई आग्रह गरी बाँध खोलिएको बताएको थियो ।

गृह मन्त्रालयको भनेजस्तै मध्यान्नमा केही समय बाँध खोलिएको तथा बाँधको केही भाग भत्किएपछि पानीको सतह केही घटेको थियो । बाँध खोलिएसँगै भारतका गाँउ डुबानमा पर्न थालेपछि दिउँसोबाट भारतीय पक्षले बाँधका ढोका बन्द गरेका छन् । जसका कारण पुनः पानीको तह बढिरहेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारीका अनुसार बिहान सबेरैबाट पटक–पटक भारतीय पक्षलाई बाँध खोल्न आग्रह गर्दा पनि बाँध नखुलेपछि प्रमुख जिल्ला अधिकारी श्यामलाई डुबानबाट उद्धार गरिएको थियो ।

सप्तरीका अधिकांश बस्ती डुबानमा छन् । तराईमा डुबानका कारण लाखाँै सर्वसाधारणको गाँस, बास र कपासकै अभाव सुरु भैसकेको छ । यातायात, बिद्युत, खानेपानि, सञ्चार प्रभावित भएको छ । यसबाहेक पहाडी जिल्लाहरुमा पहिरोका कारण ठूलो संख्यामा परिवार घरविहीन भएका छन् ।