आधुनिक पूँजीवादी संसारमा ट्रेड यूनियनहरु – (विश्व मजदुर आन्दोलनको संक्षिप्त इतिहास-5)

एदुुआर्द उत्किन,सम्पादन तथा अनुवादः जय कार्की प्रकाशित मिति : सोम, असार ३०, २०७६

अन्टुफद्धारा आयोजित मई दिवसको फाईल तस्बिर

आजको पूँजीवाद :

औद्योगिक दृष्टिले विकसित पूँजीवादी देशहरुमा ट्रेड यूनियनहरुको स्थान, भूमिका र सही मूल्याङ्कन गर्नको लागि वर्तमानको पूँजीवादी समाजको विशेषताहरु र खास चरित्रहरुप्रति ध्यान दिनु आवश्यक छ । आधुनिक अनुहारमा पूँजीवादको रुप कस्तो छ र के हो ?
२० औं शताब्दीको नवौं दशकको पूँजीवाद इलेक्ट्रोनिक र सूचना विज्ञान, कम्प्यूटरहरु र रोबोटहरुको युगको पूँजीवाद हो । यसले करोडौं मानिसहरुलाई वेरोजगार बनाइरहेको छ । संपदा र सत्ता पहिलेभन्दा पनि निकै हदसम्म केही ब्यक्तिहरुको हातमा केन्द्रीत हुँदैछ । शस्त्रास्त्रहरुको होडवाजीमा सैन्यवाद फुलिरहेको छ फलिरहेको छ । र यसैको आडमा राजनीतिक सत्ता प्राप्त गरिरहेको छ । २० औं शताब्दीको सबैभन्दा ज्यादै विभत्स र खतरणाक देन बन्दै गएको छ । विकसित वैज्ञानिक टेक्नोलोजी जनसंहारको माध्यम बनिरहेको छ ।
आधुनिक पूँजीवादको लागि श्रम र पूँजीबीचको अन्तरविरोधहरु अझ उग्र भएर जानु लाक्षणिक देखिन्छ । सातौं–आठौं दशकमा आर्थिक स्थितिमा मजदूरवर्गले आफ्नो अवस्थामा केही सुधार गर्न पाएका थिए । यसपछि प्रायः पटक पटक दोहोरिने आर्थिक संकटहरु र उत्पादनमा नयाँ प्रौद्योगिक पुनरगठनको सहयोगले पूँजीपतिले प्रत्याक्रमण शुरु गर्न र श्रमजीवीलाई उनीहरुको सामाजिक उपलब्धिहरुको ठूलो हिस्साबाट बंचित गर्न सके । जीवनस्तरको अनेक सूचांकहरुमा श्रमिकवर्ग कैयौं वर्ष पहिलेको स्तरमा पुगे । वेरोजगारहरुको संख्या युद्धपरान्त अवधिकालको सबै भन्दा बढी भयो । किसानहरुको अवस्था बिग्रिरहेको थियो । फार्मका स्वामीहरु ध्वंश हुन थाले र ज्यालादारी श्रमको लागि मजदूरहरुको लाइनमा पुग्न थाले या त ठूला ठूला एकाधिपत्य कायम गरेको कृषि एकाधिकारीहरु र बैंकहरुमा पूरै निर्भर बन्दै गए, सामाजिक स्तरीकरण् निरन्तर अझ गहिरो भएर गैरहयो । उदाहरणको लागि संयुक्त राज्य अमेरिकाको आवादीको एक प्रतिशत सर्वाधिक सम्पन्न व्यक्तिहरुको स्वाभित्वमा सम्पदाहरु रहेका छन । ती सम्पत्ति पिरामिडको तल्लो भागमा रहेको ८० प्रतिशत परिवारहरुको कूल सम्पदाभन्दा डेढ गुणाले बढी रहेको छ ।
पछिल्लो केही वर्षबाट एकाधिरकावादीहरुले मजदूरहरुको अधिकारहरुमा ठूलो स्तरमा र जोडदार आक्रमण गरिरहेको छ । ट्रेड यूनियनहरुमा अत्याचार र त्यसको आर्थिक ब्ल्याकमेल गरिरहेका छन । मजदूर विरोधी कानून लागू गर्दैछन र सबै प्रगतिशील शक्तिहरुलाई दमन गरिरहेका छन ।
वैज्ञानिक टेक्नोलोजीको क्रान्तिले श्रमको प्रकृयाको संरचनामा परिवर्तन गरेको छ । संचालित लाइनहरु र रोबोट जडान गरेकोले नतिजा यस्तो भैरहेको छ कि मानिसलाई क्रमिकरुपमा उत्पादनको प्रकृयाबाट विस्थापित गर्दैछ । यस्ता थुप्रै मान्छेहरु छन जो आफूलाई परिवर्तन गर्न समर्थ छैनन । जोसँग श्रमको नयाँ अवस्थाहरुको लागि आवश्यक अनुभव छैन । श्रमको वचत गर्ने मेसिनहरु र प्रौद्योगिकीको उपयोगले प्रौद्योगिक व्यवसाय अर्थहीन र आउटडेटेड हुनपुग्दछ र मजदूरको आफ्नो योग्यताले काम गर्दैन वा काम नलाग्ने हुनपुग्छ । नयाँ शाखाहरुमा उनीहरुबाट काम लिन संभव नै हुँदैन ।
माइक्रो इलेक्ट्रोनिकको प्रयोगको कारण क्लर्क, खजान्ची, एकाउन्टेन्ट जस्ता कर्मचारीहरुको आवश्यकता पर्दैन । महिलाहरुको श्रमको क्षेत्र निकै सीमित भएर जान्छ ।

शिक्षा र स्वास्थ्य जस्तो सामाजिक क्षेत्रमा धेरै जनशक्तिको आवश्यकता पर्दछ र सामान्यतः यी क्षेत्रहरुको विकास राज्यको बजेट अनुदानबाट हुन्छ । तर राज्यको बजेटको ठूलो हिस्सा यी क्षेत्रमा लागू गरिँदैन । जवकी शस्त्रास्त्रहरुको प्रतिस्पर्धा अथाह भण्डारणमा खर्च गरिरहेको छ । उदाहरणको लागि संयुक्त राज्य अमेरिकाको केन्द्रीय बजेटमा वैज्ञानिक कार्यको लागि छुटयाइएको बजेटको रासी ७५ प्रतिशत सैन्यवादी उद्देश्यमा खर्च हुन्छ । साम्राज्यवादी देशहरुको सैनिक उद्योगहरुको एकीकरण भैरहेको छ । अमेरिकी एकाधिकारवादीहरुको अगुवाईमा अन्तर्राष्ट्रिय सैनिक औद्योगिक एकीकरण सामूहिकीकरण गरिएको छ ।
उत्पादन र पूँजीको अन्तर्राष्ट्रियकरणबाट पूंजीवादको समश्याहरु समाधान हुँदैन, उल्टै अझ बढी उग्र भएर जान्छ । पूँजीवादको उत्पादक शक्तिहरु राष्ट्रिय अर्थव्यवस्थाहरुको सीमाहरुबाट निकै फैलिसकेका छन । एउटा छुट्टै राज्य पूँजीवादको लागि स्वयम् आफ्नो पुनरुत्पादन गर्न बढीभन्दा बढी कठिन हुँदै गएको छ । यसबाट एकाधिपत्यलाई संसारको अरु भागहरुमा आर्थिक विस्तारको प्रेरणा प्राप्त भएको छ । विश्व आर्थिक प्रक्रियाको संयुक्तरुपलाई व्यवस्थित गर्न आर्थिक नीतिलाई समन्वय गर्नु वुर्जुवा राज्यहरुको आवश्यकता बढी रहेको छ ।
२० औं शताव्दीको अन्त्यको लागि विश्व पूँजीवादी अर्थव्यवस्था अन्तरगत पूँजी र उत्पादनको अघि केन्द्रीत ट्रान्सनेशनल निगमहरुको प्रभावमा वृद्धि र (विकासशील देशहरुमा समेत पनि) आफ्नो शाखाहरु र सो संग सम्बन्धित प्रतिष्ठान स्थापना गर्दछन, स्थानीय फर्महरु किन्दछन्् । परराष्ट्रिय निगम (ट्रान्सनेशनल कर्पोरेशन)ले राष्ट्रिय सिमानाहरुलाई भत्काउँदै ती इलाकाहरुमा विशेष सक्रियता देखाउँछन, जहाँ उनीहरु पूँजी, श्रम र वजारको संयोजन गरेर बढीभन्दा बढी मुनाफा आर्जन गर्न सक्दछन । यी निगमहरुले आज पूँजीवादी संसारको प्रोडक्टको एक तिहाई भागमा नियन्त्रण गरिरहेको छ । ब्रिटिस एकाधिकारवादीहरुको विदेशी शाखाहरुमा उत्पादित र विश्व वजारमा वेचिने वस्तु वेलायतबाट निर्यातित वस्तु भन्दा दुई गुणा बढी छ । अमेरिकाको विशालतम एकाधिकारी कम्पनीहरुको निर्यातको ५० प्रतिशतभन्दा पनि बढी त्यसद्वारा विदेशमा स्थापित शाखाहरुबाट हुन्छ र केवल बाँकी भाग मात्रै विदेशी क्रेताहरुलाई जान्छ । पारराष्ट्रिय निगमहरुको प्रत्यक्ष पूँजी लगानी अधिकांश देशहरुको कूल राष्ट्रिय उत्पादनको २–३ गुणा अधिक गतिले वृद्धि भएको छ । पूँजीवादी देशहरुको मजदूरवर्ग राष्ट्रिय वुर्जुवा वर्गको मात्र हैन, सारा अन्तर्राष्ट्रिय पूँजीवादको शोषणको शिकार हुनपुगेका छन् । उदाहरणतः अमेरिकाको निगमहरुले आफ्नो लाभको प्राय ३० प्रतिशत विदेशी पूँजी लगानीबाट प्राप्त गर्दछन ।
पूँजीवादी परिस्थितिहरुलाई वैज्ञानिक तकनीकि क्रान्तिको परिणाम, आर्थिक अस्थिरता, मुद्रा स्फिति, मजदूरहरुको सामाजिक उपलब्धिहरुमा एकाधिकारवादीहरुको प्रहार, यी सबैले सामाजिक तनाव र वर्गसंघर्षलाई तिव्र बनाउँछ । मजदूर वर्गमा विद्यमान समाजमा आमूल परिवर्तन ल्याउने आकांक्षामा वृद्धि हुन्छ । ट्रेड यूनियनहरुमा संगठित मजदूरहरु नयाँ कार्यस्थल बनाउने, स्वास्थ्य सेवा र शिक्षा पद्धति सुधार्नको लागि राज्यको अनुदान वृद्धि गर्ने माग गर्दछन । उनीहरु उद्योगमा विराष्ट्रिय नीतिको विरोध र शस्त्रास्त्रहरुमा गरिने खर्चको कटौतिको माग र समर्थन गर्दछन् ।
यो कुरालाई दृष्टिगत गरेर राजकीय एकाधिकारवादी पूँजीवादको अन्तर्राष्ट्रियकरणको प्रक्रिया झन् तिव्र भैरहेको छ र मजदूरहरुको सामाजिक उपलब्धीहरु तथा जनवादी अधिकारहरु माथि प्रतिकृयावादीहरुले शक्तिशाली प्रहार गरिरहेका छन् । मजदूरहरुले अझ एकतावद्ध हुनु र उनीहरुको ट्रेड यूनियनको एकतालाई सुदृढ गर्नु अतिआवश्यक भएको छ ।