सरकारले परिचालन गरे सुरक्षाकर्मी, हेलिकप्टर सहित सेना फिल्डमा, ३० हजार प्रहरी परिचालन

प्रकाशित मिति : शनि, असार २८, २०७६

काठमाडौं । देशको विभिन्न भागमा परेको अविरल वर्षाले गर्दा आएको बाढी र पहिरोबाट पीडितहरुको उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना फिल्डमा खटिएको छ। बाढी र पहिरोले आफ्नो बास समेत गुमाएका प्रहरीहरु जनताको जिउधन र बासको सुरक्षा तथा व्यवस्थापनमा खटिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। मुलुक भर नेपाल प्रहरी ३० हजार भन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको बताइएको छ।

;’/lIft :yfgtkm{ n}hfFb} /fdu9jfsf :yfgLok;f{,@* c;f/ -/f;;_ M clj/n jiff{sf sf/0f jL/u~hsf] /fdu9jfdf af9L cfPkl5 :yfgLojf;LnfO{ ;’/lIft :yfgtkm{ n}hfg d2t ub}{ ;’/IffsdL{ . tl:a/ M ljhos’df/ dxtf]

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७०२, प्रदेश ३ मा ३ हजार ४०५, प्रदेश ६ मा ३ हजार ११२ र काठमाडौं उपत्यकामा ८ हजार ८५६ प्रहरी परिचालन भएको छ । बाँकी प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ मा दैविक विपत्तिको अवस्था हेरेर आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताइएको छ।

यस्तै सशस्त्र प्रहरी पनि बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरुमा खटिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज कुमार श्रेष्ठले जानकारी दिए। डीआईजी श्रेष्ठका अनसार ८ वटा बाहिनीमा ५० जनाको टिम, गणहरुमा ३५ जनाको टिम र गुल्म लगायत अन्य साना कार्यालयहरुमा १० जनाको टिम स्रोतसाधन सहित स्ट््यान्डबाई रहेको छ।

हालसम्म सशस्त्र प्रहरीले बाढी र पहिरोबाट अलपत्र परेका ८०० जनाको रेस्क्यू गरिएको डीआईजी श्रेष्ठले बताए। उनले भने, ‘अवरुद्ध भएको राजमार्गहरु खुलाउने प्रयास पनि भइरहेको छ। यात्रुहरुको सुरक्षा गर्ने काम पनि सशस्त्र प्रहरीले गरेको छ।’

बढी प्रभावित भएका ठाउँहरुमा अन्य ठाउँबाट थप साधनस्रोत पुर्याएर उद्दार कार्यमा सशस्त्र प्रहरी परिचालन भएको उनको भनाई छ। ‘यस्तो परिस्थितिमा कसैलाई पनि विदा दिएका छैनौं। सबैजना आ–आफ्नो ठाउँबाट खटिएका छन््।’ यस्तै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार जिल्लामा भएका सबै नेपाल आर्मीहरु बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खटिएका छन््।

यस्तै उद्दार कार्यमा नेपाल आर्मीको ३ वटा हेलिकप्टर समेत परिचालन भएको उनले जानकारी दिए। सुर्खेत, इटहरी र काठमाडौंबाट हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइएको उनले बताए। बाढी, पहिरो र चट््याङले २४ वटा जिल्लाको जनजीवन प्रभावित बनेको छ। यस्तै बाढी पहिरोमा परेर अहिलेसम्म ३२ जनाले ज्यान गुमाएका छन्।