सबैभन्दा बढी वर्षा सिमरामा ३११ मिलिमिटर, १७ जनाले ज्यान गुमाए

प्रकाशित मिति : शुक्र, असार २७, २०७६

काठमाडौं । बिहीबारदेखिको झरी आइतबारसम्म लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मध्य र पूर्वी नेपालको तराई र पहाडी क्षेत्रमा अबिरल वर्षा हुँदा हालसम्म बाढीपहिरोमा परी १७ जनाले ज्यान गुमाएका छन्। मौसम विज्ञान विभागका अनुसार २४ घन्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिमरामा भएको छ। सिमरामा ३ सय ११ मिलिमिटर वर्षा भएको हो।

काठमाडौंमा १ सय १५.२ मिलिमिटर वर्षा भएको छ, भने ओखलढुंगामा १ सय १ मिलिमिटर पानी परेको छ। धनकुटामा ७५.५ मिलिमिटर वर्षा भएको छ भने भैरहवामा ४३ मिलिमिटर पानी परेको छ।

पोखरामा ४.७ मिलिमिटर वर्षा मापन भएको छ। दीपायल, धनगढी र डडेल्धुरामा भने निकै कम वर्षा भएको विभागले जनाएको छ।

सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गोलन्जोर र सुनकोशी गाउँपालिकामा बीपी राजमार्ग अवरुद्ध भएको छ। यसैबीच, झरी आइतबार रातिसम्म लम्बिने मौसम विद्हरुले जनाएका छन्।

यस्तो छ आगामी तीन दिनको मौसम असार २७ गते (शुक्रबार)
दिउँसो: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ। देशको केहि स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वक्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

असार २८ गते (शनिबार)
दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।

राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्यक्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

असार २९ गते (आइतबार)
दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुनेछ।

राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारीसमेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएको उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।