संचार छापाखाना र प्रकासन मजदुर संघको बैठक एक महिने अभियानको घोषण गर्दै सम्पन्न

प्रकाशित मिति : शुक्र, असार २७, २०७६

अर्जुन गौतम,
अखिल नेपाल संचार छापाखाना र प्रकासन मजदुर संघको २०७६र३र२६ मा बसेको केन्द्रीय कमिटीको बैठमा अने ट्रेयु माहांघ का उपाध्यक्ष जय कार्कीको प्रमुख अथितिमा साथै माहासंघका उपमाहासचिव तथा सेवा परिषदका इन्चार्ज प्रकाश श्रेष्ठ आतिथ्यतामा र संचार मजदुरका अध्यक्ष रमेश केसिको अध्यक्षतामा बसेको बैठकले एक महिने अभियान र सदस्यता फारम बितरण गरि,सदस्यता फामभरि र सामाजिक सुरक्षा सम्बन्धित कार्यक्रम र संगठन बिस्तार गर्ने अभियान चलाउने निर्णय गरि भब्य रुपमा सम्पन्न भयो ।
महान सहीदहरुप्रति श्रद्धान्जलि सहित प्रारम्भ भएको कार्यक्रममा स्पेस टाईमका प्रतिनिधि लोकबहादुर नेगी, खेम रिमाल, हरेन्द्र तामाङ कान्तिपुरबाट, समा प्रेसका विमल बोगटी, वल्र्ड लिंकका रामकृष्ण पासा, स्काईलाईनका रुक्मान राई लगायतले संगठनात्मक रिपोर्टिङ गरेका थिए भने महासचिव शेखर अधिकारी, उपाध्यक्ष अर्जुन गौतम, अध्यक्ष रमेश केसी, परिषद इन्चार्ज प्रकाश श्रेष्ठ तथा अन्टुफ उपाध्यक्ष जय कार्कीले समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो ।


बैठकमा क्लिन फिड लागू गर्ने विषयमा सबैभन्दा शुरुमा अखिल नेपाल संचार छापाखाना र प्रकासन मजदुर संघले धेरै वर्ष अघिदेखि उठाएकोले त्यसको स्वामित्व संगठनले लिनु पर्ने, सामाजिक सुरक्षा योजना र संचय कोषको विषयमा उठेको विवादलाई छिटो सन्तोषजनक जवाफ दिनुपर्ने, संगठनलाई सातवटै प्रदेशमा सशक्त वनाउने, आर्थिक पारदर्सितालाई कडाईका साथ लागू गर्नु पर्ने, बैठक नियममित राख्नुपर्ने र सामाजिक सुरक्षा योजनाका विषयमा तत्कालै प्रशिक्षण अभियान चलाउनु, संगठनको वेभसाईट बनाउनुपर्ने र संचारको संगठन अनुमान गरेभन्दा मजबुत भएकोले एकतामा जाँदा सम्मानजनक एकता हुनपर्छ लगायतका प्रमुख सुझावहरु बैठकमा उठाइएका थियो ।