अन्टुफ सडक मजदुर संघ सुर्खेतको बड्डिचौर–बेनिघाट भेला सम्पन्न

प्रकाशित मिति : बिहि, असार २६, २०७६

ललित जिएम
भौतिक पुर्बाधार बिकास कार्यालय सुर्खेत मातहत सडक मर्मत संमार श्रमिकको रुपमा कार्यरत सडक मजदुरहरुकौ भेला यहि मिति २०७६र०३र२१ गते बराहताल गा।पा।५ बड्डिचौर सुर्खेतमा सम्पन्न भएको छ। उक्त भेलामा प्रमुख अतिथि अन्टुफ प्रदेश ईन्चार्ज धन बहादुर राकाया,अतिथिहरुमा प्रदेश अध्यक्ष ललित घर्ती, उपाध्यक्ष ददिराम ढकाल, सचिव दिपक चदारा, महासंघ सुर्खेत जिल्ला कोषाध्यक्ष ललिता फडेरा रहनु भएको थियो ।

भेलामा उपस्थित सडक मजदुरहरुले आफ्नो श्रम क्षेत्रमा हाम्रा माझ प्राप्त श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ का साथै राज्यले घोषणा गरेको न्युनतम् बेतनको ब्यबस्थाले हाम्रो जिवनमा नछोएको र हक अधिकार खोज्दा रोजगारिको चिन्ता र रोजगारिको खोजि गर्दा हकअधिकारको चिन्ता गरेर बिक्षिप्त हुनु पर्ने अवस्था छ,यसको निम्ति हामी संगठनलाई साथ दिन्छौ,संगठनले इमानदारी पुर्बक संस्थागत पहल गरिदिनु पर्यो भन्ने ब्यक्त गरेका थिय। भेलामा उठेका बिषयहरुमा प्रष्ट पार्दै प्रमुख अतिथि धनबहादुर रोकायले श्रम क्षेत्रमा प्राप्त हकअधिकार हामिले नै लडेर हासिल गरेको भन्दै यसलाई हाम्रो जिवन ब्यबहारसंग जोड्न पनि संघर्ष बिना असंभब भएकोले हाम्रो श्रम क्षेत्रमा निरन्तर संगठित संघर्षको खाँचो भएको प्रष्ट्याउनु भयको थियो भने अर्का अतिथि ललित घर्तिले श्रम ऐन र सामाजिक सुरक्षा का साथै सामाजिक न्यायको बिषयमा राज्यले गरेका नितिगत उपल्ब्धिका बारे प्रकाश पार्नु भएको थियो। उक्त भेलाले रेशम बिकको अध्यक्षतामा १४ सदस्यिय बड्डिचौर बेनिघाट सडक मजदुर मुल ईकाई कमिटि गठन गरेको छ।