अन्टुफ प्रदेश ६ कोे एकता तयारि बैठक सम्पन्न अध्यक्ष सिम्खडाद्धारा विशेष निर्देशन

प्रकाशित मिति : बिहि, असार २६, २०७६

ललित जिएम
यहि मिति २०७६र०३र२५ गते कर्णाली प्रदेशको राजधानि सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भयो,उक्त बैठकको प्रमुख आतिथ्यता ट्रेड युनियन महासंघ नेपालका सहसंयोजक तथा अन्टुफका अध्यक्ष जगत सिंमखडा हुनुहुन्थ्यो भने अतिथिमा प्रदेश ईन्चार्ज धन बहादुर रोकायो ।
बैठकमा प्रमुख अतिथिले बर्तमान परिस्थिति र संगठनले पूरा गर्नुपर्ने कार्यभारहरुका र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र श्रम ऐन २०७४ को बिषयमा प्रशिक्षित गर्नु भएको थियो भने अर्का अतिथि धनबहादुर रोकायाले प्रदेशको समसामयिक अवस्था र संगठनले गर्नु पर्ने कामको योजनाबारे प्रष्ट पार्नु भएको थियो ।
बैठकले संगठनको केन्द्रीय सर्कुलरको मर्म र प्रदेशका संगठनात्मक संरचनाहरुका एकता तयारि बैठक,सदस्यता नविकरण र श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कार्यान्वयनको निम्ति पहल गर्ने निर्णय गरेकोछ। बैठक प्रदेश समितिका उपलब्ध सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।