प्रदेश ६ को अन्टुफ महिला कमिटीको अध्यक्षमा लिला पौडेल चयन

प्रकाशित मिति : बिहि, असार २६, २०७६

ललित जिएम, अखिल नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश महिला कमिटिको भेला यहि मिति २०७६र०३र२५ गतेका दिन सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भएका छ। कार्यक्रममा प्रमुख अतिथि अन्टुफ कर्णाली प्रदेश ईन्चार्ज धनबहादुर रोकाया,अतिथि अन्टुफ प्रदेश अध्यक्ष ललित घर्ती, सचिव दिपक चदारा, महिला कमिटि के।स।लक्ष्मि वलि, सुर्खेत अध्यक्ष कटक बिश्वकर्मा, हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथिले श्रम क्षेत्रमा रहेका महिलाहरुको पेशागत हकहित र नेतृत्व बिकासबारे प्रष्ट पार्नु भएको थियो भने अतिथि ललित घर्तिले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका अन्तर्बस्तु बारे प्रकाश पार्नु भएको थियो। भेलाले कर्णाली प्रदेश स्तरिय महिला कमिटि निर्वाचित गरेको छ,उक्त महिला कमिटिको अध्यक्ष लिला पौडेल९महरा०,उपाध्यक्ष मुना बिष्ट, सचिव सृजना वलि, सदस्यहरु मञ्जु धमला, शुसिला रोकाया,सुनिता शाहि,कमला खड्का,लक्ष्मि बस्नेत,गोरिकला बुढा, ललिता फडेरा,,बिष्णुमाया रोकाया,जाना भट्टराई, डल्लिसिहं, उषा गिरि रोकाया, ललिता चालिसे,यमुना पार्वति चन्द, ललिता रोकाया, शारदा शर्मा, तुल्सि खत्रि रहेका छन् ।

कार्यक्रमको संचालन मञ्जु धमलाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व सृजना वलिले गर्नु भएको थियो ।