एक महिने अभियान सहित चन्द्रागिरीमा होटल मजदुर संघको केन्द्रिय समितिको पुर्ण वैठक सम्पन्न

प्रकाशित मिति : बुध, असार २५, २०७६

केन्द्रीय समितिको बैठक चन्द्रागिरी

–लिलाकुमार श्रेष्ठ
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, केन्द्रिय समितिको पुर्ण वैठक संघको अध्यक्ष माधव पाण्डे र महासंघको उपाध्यक्ष जय कार्कीको प्रमुख आतिथ्यमा महासंघकै उपमहासचिव तथा होटल संघको इन्चार्ज प्रकाश श्रेष्ठ, उपमहासचिव सालिकराम काफलेको विशेष आतिथ्यमा बसि सातवटै प्रदेशमा संगठन पुनःगठन, वैठक र भेला गरि सदस्यहरुको सदस्यता नविकरण गर्ने, सामाजिक सुरक्षा ऐन र १० प्रतिशत सेवा शुल्क ऐन नियमले व्यावस्था गरे अनुसार कार्यन्वयन गर्न गराउनको लागि व्यावसायहरुको च्याप्टर र सवै प्रतिष्ठानहरुमा ज्ञापनपत्र वुझाउने गरि वैठकले निर्णय ग¥यो ।

बैठकपछि सामुहिक तस्बिरमा केन्द्रीय समिति

साथै, वैठकले गरेको निर्णयहरु दृढतापुर्वक कार्यन्वयन गर्न र गराउनको लागि सवैलाई निर्देशनात्मक भनाई राख्दै संघको अध्यक्ष माधव पाण्डेले एकताको विषयमा भने “संघहरु एकता हुनु अगावै एकताको लागि निर्देशिका आउनु पर्ने र इकाईहरुमा एकताको लागि नहतारिन अनुरोघ गर्नु भयो । वैठकले स्वरोजगार कोषमा संघ अन्तर्गतको सदस्यहरु क्रृणीहरुको नाम संकलन गरि समस्याको समधान एक महिना भित्र गर्नको लागि महासंघलाई लिखत अनुरोध गर्ने, होटल ह्यातमा निलम्वित मजदुर नेताहरुको विना शर्त पुनर्वहाली गर्न संघले विशेष पहल गर्ने र पुनर्वहाली गर्न आनाकानी गरेमा शसक्त सघर्षको कार्यक्रम घोषणा गर्ने निर्णय सहितको निर्देशन दिनु भयो ।”

सामाजिक सुरक्षा ऐन नियम र १० प्रतिशत सेवशुल्कको विषयमा भने संघको वरिष्ठ उपाध्यक्ष कुमार पन्तले प्रस्तुत गर्नुभएको थियो । वैठकले केही प्रदेशको इन्चार्जहरुको जिम्वेवारी हेरफेर, जिल्लाको इन्चार्ज र संयोजक र केन्द्रिय सदस्य र सल्लाहकार समितीमा रहेका सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको थियो । साथै, अन्य संगठनहरु परित्याग गरी संघमा प्रवेश गर्नेहरुलाई विशेष स्वागतको कार्यक्रम गरेको थियो ।

महासचिव मुक्ति दाहाल

संघको पुर्ण वैठकको अन्तमा, महासंघको उपाध्यक्ष तथा प्रमुख अतिथी जय कार्कीले प्रशिक्षणात्मक भनाई राख्दै महासंघ केन्द्रले गरेको निर्णयहरु र संघले लिएको निर्णयहरु कार्यन्वयन गर्न र गराउनको लागि अनुरोध गर्दै सामाजिक सुरक्षा कोषमा सवै प्रतिष्ठानहरु र श्रमिकहरुलाई सुचिकृत गर्न गराउनको लागी मजदुर नेताहरुको पनि दायित्व भएको वताउनुभयो । यदि कुनै प्रतिष्ठानहरु सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन आनकानी गर्छ भने त्यसको विरुद्धमा कानूनी र सघर्षका दुवै कदम चाल्न निर्देशन दिदै संघले वैठकमा लिने निर्णय, वैठकमा प्रविधीहरुको उच्चतम प्रयोग गरि निर्णयहरु तत्काल सवैलाई वैठक सकिन साथ हात हातमा उपलव्ध गराउने विषय इत्यादी जस्ता अखिल नेपाल ट्रेड युनियन महासंघले संघवाट सिक्नु पर्ने वताउनुभयो ।

बैठकमा उपस्थित केन्द्रीय नेताहरु