ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाइते

प्रकाशित मिति : बुध, असार २५, २०७६

काठमाडौं । ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। मृतकहरूको सनाखत भएको छैन। बुधबार बिहान ३:१५ मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको पहलमा उद्धार जारी राखेको प्रहरीले जनाएको छ

मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको सनाखत हुन सकेको छैन। दुर्घटनामा १७ जना घाइते भएका छन्। बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।