प्रतिपक्षी कांग्रेसको सपना ओलीलाई फालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेलमा

प्रकाशित मिति : मङ्ल, असार २४, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गरेर नेकपाकै अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने डरलाग्दो निर्णय गरेको खुलासा भएको छ।

कांग्रेस हिजोबाट केन्द्रिय कार्य समितिको बैठकमा केन्द्रित छ। आईतबारबाट सुरु भएको बैठकमा विभिन्न १४ वटा एजेण्डा प्रस्तुत भएका छन्। ती एजेण्डाहरुमा यही चैत्र २७ गतेबाट दफाबार छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य श्याम घिमिरेले बैठकमा एजेण्डाबारे सहमति भएको खुलासा गरे। उनले आगामी ०७७ साल जेठ भित्रै पार्टीको महाधिवेशन सम्पन्न हुने पनि घिमिरेले दाबी गरे।

उनले महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा र उनको नियतमाथि शंका गर्ने कुनै ठाउँ नै नभएको पनि जिकिर गरे। उनले भने, महाधिवेशन गर्नको लागि उहाँको मन सफा छ। शंका नगरे हुन्छ। आउने महाधिवेशनमा पनि सभापति बन्नको लागि पार्टीको विधानले शेरबहादुर देउवालाई छुट दिएको पनि उनले सुनाए। तर, पन्ध्रौ महाधिवेशनमा भने सभापति देउवा उठ्न नपाउने उनको तर्क छ।

केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टी भित्र अब महाधिवेशनको माहोल सूरु भएको सुनाए। जारी केन्द्रिय कार्यसमिति बैठकले महाधिवेशनको टुँगो लगाउने र संघीय संरचनाअनुसार पार्टीको संरचना पनि पूरा गराउने कोइरालाले जनाए।