म्याग्दी अन्टुफको बैठक सम्पन्न, सबै पेसागत संघको जिल्ला कमिटी गठन गर्ने निर्णय

प्रकाशित मिति : सोम, असार २३, २०७६

टंक पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ गण्डकी प्रदेश अतर्गत म्याग्दि जिल्लाको बिस्तारित पुर्ण बैठक मिति २०७६र०३र२१ गते नेकपा को जिल्ला कार्यलय म्याग्दीमा बस्यो। अखिल नेपाल ट्रेड युनियन महासङ म्याग्दी जिल्लाका अध्यक्ष प्रेम गिरिको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिती ने। क। पा। म्याग्दी जिल्लाका अध्यक्ष गोबिन्द पौडेलले नेकपा मजदुरहरुको पार्टी भएको बताउनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासङका केन्द्रीय सदस्य टंकराज पौडेलले सामाजिक सुरक्षा कोश र श्रम ऎन २०७४ माथी प्रकाश पार्नु भयो ।
तेस्तै अखिल नेपाल ट्रेड युनियन महासङका केन्द्रिय सदस्य गुणराज बास्तोलाले वर्तमान समयमा ट्रेड युनियनको भुमिका र यस्को महत्त्वका बारेमा बताउनु भयो । बैठकले सदस्यता नवीकरण गर्ने तथा पेसागत घटक संघ अखिल नेपाल स्वास्थ्य श्रमिक संघ , अखिल नेपाल सङ संस्था तथा बैंक बितय श्रमिक संघ, अखिल नेपाल यातायात मजदुर संघ, अखिल नेपाल कृषि मजदुर संघ, अखिल नेपाल धातु मजदुर संघ, अखिल नेपाल होटेल मजदुर संघ, अखिल नेपाल सिक्युरिटी मजदुर संघ र अखिल नेपाल पर्यटन मजदुर संघको बिस्तारित बैठक राख्ने निर्णय भयो ।
अखिल नेपाल ट्रेड युनियन महासङ बाग्लुङ जिल्लाको पुर्ण बिस्तारित बैठक अध्यक्ष कृष्ण बहादुर जि।सि।को अध्यक्षतामा बसि सदस्यता नविकरण लगायतका निर्णय पनि गर्यो ।