प्रदेश ७मा अखिल नेपाल सेक्युरिटी मजदुर संघको विस्तारित बैठक सम्पन्न ।

प्रकाशित मिति : आइत, असार २२, २०७६

खगेन्द्र धिमाल, मिति २०७६ असार २१ गते सनिवार प्रदेश ७ शुदुरश्चिचम धनगढीमा अखिल नेपाल सेक्युरिटी मजदुर संघको विस्तारित बैठक कमलेश भण्डारीको सभापतिमा र प्रमुख अतिथि अन्टुफ प्रदेश ७ अध्यक्ष बमबहादुर कठायत, बिशेष अतिथि अनेसे मजदुर संघ केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद ढकाल, अतिथि अनेसेमजदुर संघ खगेन्द्र धिमाल, अतिथि अन्टुफ कैलाली अध्यक्ष गणेश भण्डारी, अतिथि अन्टुफ कैलाली सचिव मुकेश रैका हुनुहुन्थ्यो ।
एक बर्ष अघि बढेको न्युनतम बेतन धेरै कम्पनीहरुले नदिएको र योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गराउनको निम्ति प्रदेश ७ अन्टुफले पहल गर्ने र केन्द्रीय समितिले पनि केन्द्रमा पहल गर्ने निर्णय गरेको छ । प्रदेश ७ को कमिटी कमलेश भण्डारीको अध्यक्षमा गठन पनि गरिएको छ ।

नामावलि यसप्रकार रहेको छ
अध्यक्ष कमलेश भण्डारी, उपाध्यक्ष धन बहादुर चन्द, सचिव गणेश खड्का, सहसचिव परमानन्द भट्ट, सहसचिव मञ्जु भट्ट, कोषाध्यक्ष भक्तबहादुर बोहरा, सहकोषअध्यक्ष मिना भट्टराई, सदस्यहरुमा गोपाल तामाङ, हरि सिंह थापा, पुर्णबहादु मगर, रामसिंह खत्री, बुद्धि चौधरी, पदम वि।क, रामबहादुर खत्री, सीता वल्छौडी, श्यामराज ओझा, कृष्णबहादुर शाही, कर्णबहादुर देउवा, रामचन्द्र नेपाली, दिलबहादुर थापा, कलकबहादुर खड्का, दानबहादुर भाट, रामदन्त पाण्डे सहित २३ सदस्य समिति निर्माण गरियो ।