विश्व मजदुर आन्दोलनको इतिहास–२

एदुुआर्द उत्किन,सम्पादन तथा अनुवादः जय कार्की प्रकाशित मिति : सोम, असार १६, २०७६

लेनिनः पेत्रोग्रादका मजदुरका साथमा

माक्र्स र एंगेल्सले पूँजीवादी उत्पादन प्रणालीको आर्थिक अन्तर्यलाई प्रकाश पार्नुभयो र यो प्रमाणित गर्नुभयो कि मजदूर वर्गको शोषणको कारण के हो र यो पनि कि पूँजीको अंकूशबाट सर्वहाराहरु र त्यससंगसंगै सबै मजदूरहरुलाई मुक्त गर्नको लागि आर्थिक क्षेत्रमा कस्तो पुनरगठनको आवश्यकता पर्दछ । सर्वहाराको क्रान्तिकारी संघर्षलाई आर्थिक तथा सामाजिक विकासको नियमहरुको अनिवार्य मागको अर्थमा बुझ्नु पर्दछ ।
क्रान्तिकारी पुनरगठन गर्नको लागि सक्षम वास्तविक सामाजिक शक्तिलाई स्वयम्् पूँजीवादले जन्म दिन्छ । यो हो सवर्हारावर्ग अर्थात उत्पादनको साधनहरुबाट वंचित तथा आफ्नो अस्तित्वको लागि आफ्नो श्रम शक्ति बेच्न बाध्ये ज्यालादारी मजदूरहरुको वर्ग ।
साम्राज्यवादको अवस्थामा पूँजीवादको सबै अन्तरविरोध उग्र भएर गएको छ । मजदूरवर्गको एकीकरणको कार्य अझ जटिल बनेको छ । किनकी सन १९१४ सम्म सिंगो संसारमा मजदूरहरुको संख्या ७ करोड पुगेको थियो भने त्यसमध्ये मात्र २० प्रतिशत मजदूरहरु ट्रेड यूनियनहरुमा संगठित थिए ।
यो अवधिमा मजदूर आन्दोलनमा विखण्डनको नमिठो पक्षहरु पनि देखापर्न थाल्यो । यसको कारण थियो मजदूर अभिजात वर्गको वृद्धि यो आफैमा वुर्जुवा प्रभावको संवाहक बन्यो । सर्वहारा संगठनहरुको संख्या जव जव बढन थाल्यो तव तव पूँजिपति त्यसका नेताहरुलाई किन्न अनेक उपायहरु र तरिकाहरुको प्रयोग गर्न थाले । यसको साथै वुर्जुवावर्गले यस्तो ट्रेड यूनियन संगठनको समर्थन गर्ने कार्यनीति अप्नाए, जुन मजदूरहरुमा विभाजन पार्ने उद्देश्यद्वारा पुँजिपतिहरुको पक्षमा काम गर्दथे । मजदूर आन्दोलनको उद्देश्यलाई श्रम शक्तिको क्रयको अधिक अनुकूल अवस्था प्राप्त गराउनेसम्ममा सीमित गरिदिन्थे ।

लेनिन पुटिलोभ कारखानामा श्रमिकहरुलाई सम्बोधन गर्दै

बेलायत, फ्रान्स, जर्मनी जस्तो केही यूरोपीय देशहरु र अमेरिकामा ट्रेड यूनियनहरु मजदूरवर्गको राजनीतिक पार्टीहरुको गठन हुनु अघि नै स्थापना भएका थिए । यसकारण तिनीहरु सुधारवादबाट प्रभावित थिए । अर्थात क्रान्तिकारी पुनरगठनको पथलाई अस्वीकार गर्थे र बर्गीय सहयोगको समर्थन गर्दथे । सुधारको कामबाट नै पूँजीवादी समाजलाई सामाजिक न्यायको समाजमा रुपान्तरण गर्न प्रयत्नशील थिए ।
रुसमा ट्रेड यूनियनहरुको गठन मजदूरवर्गको माक्र्सवादी पार्टीको स्थापनापछि भयो, र यसको गठन माक्र्सवादको मार्गदर्शनमा भयो । रुसको ट्रेड यूनियनहरु राजनीतिबाट अछुतो थिएनन । आर्थिक संघर्ष गर्दा उनीहरु राजनीतिक प्रश्न पनि समाधान गर्ने प्रयत्न गर्दथे । क्रान्तिकारी सर्वहाराको नेता लेनिनले तटस्थ ट्रेड यूनियनहरुको र राजनीतिमा असंलग्नताको विरोध गर्नुभयो ।
लेनिनले सन् १९०८ मा लेख्नु भएको ट्रेड यूनियन तटस्थताको बारेमा भन्ने शीर्षकको लेखमा लेनिनले भन्नुभयो हाम्रो सिंगो पार्टीले अहिले यो स्वीकार गरेको छ कि ट्रेड यूनियनहरुका काममा ट्रेड यूनियन तटस्थताको भावनामा हैन कि सामाजिक जनवादी पार्टीसित बढीभन्दाबढी घनिष्ठ भावनात्मक सम्बन्ध कायम गर्नुपर्दछ । लेनिनले यस कुरामा जोड दिनुभयो कि ट्रेड यूनियनको कार्यनीति भनेको उनीहरुले संघर्षको विभिन्न उपायहरुको संयोजन गराउन, कुशलतापूर्वक एक उपायबाट अर्को उपायमा फडको मारुन, जनसाधारणको चेतना तथा उनीहरुको सामूहिक कार्वाहीहरुको ब्यापकतालाई निरन्तर बढाउन । यी प्रत्येक कार्वाहीहरु कहिले आक्रामक हुनसक्छन भने कहिलेकाँही प्रतिरक्षात्मक हुनसक्छन ।
मजदूरवर्गको हितको निरन्तर रक्षा गरेको कारणले रुसको माक्र्सवादी क्रान्तिकारी पार्टी, जुन मजदूर आन्दोलनसित घनिष्ठरुपले जोडिएकोले ट्रेड यूनियनहरुमा आफ्नो विश्वास जित्न सफल थियो । यो पार्टीले आफ्नो सबभन्दा राम्रा प्रतिनिधिहरुलाई जनताको बीच तथा ट्रेड यूनियनहरुमा काम गर्नका लागि पठाउँथ्यो । यसले प्रस्तुत गरेको नारा श्रमजीवीहरुको आकांक्षासित मिल्थ्यो । उदाहरणको लागि प्रथम विश्व युद्ध (१९१४–१९१८) को समयमा माक्र्सवादी क्रान्तिकारी पार्टीले यो रक्तपिपासु साम्राज्यवादी युद्धलाई समाप्त गर्ने माग ग¥यो । यो रुसको मजदूरवर्ग, श्रमिक, किसान तथा सबै जनवादीहरुको पक्षमा थियो । सन १९१७ को सरद अर्थात अक्टुबर क्रान्तिको विजयसम्ममा आईपुग्दा रुसको औद्योगिक मजदूरहरुको सबै मुख्य ट्रेड यूनियन संगठनहरुले पार्टीको बाटोलाई पछयाईरहेका थिए । ट्रेड यूनियनहरुले क्रान्तिमा प्रत्यक्षरुपमा भाग लिए । उदाहरणको लागि पेत्रोग्राद, मास्को र अरु ठूला शहरहरुको सैनिक क्रान्तिकारी समितिहरुमा ट्रेड यूनियनहरुको प्रतिनिधिहरु थिए । ट्रेड यूनियनहरुले मजदूरहरुलाई शस्त्रले सुसज्जित गर्न, मिल, कारखानाहरुमा लाल रक्षकहरुको टुकडीहरु गठित एवम प्रशिक्षित गर्नलाई निकै महत्वपूर्ण भूमिका पूरा गरेका थिए । अक्टुवर क्रान्तिको आह्वान््मा वेकरी कारखाना, विजुली अड्डा, खानेपानी आपूर्ति कार्यालय, ट्रामहरु र टेलिफोन अफिसहरुको काममा कुनै रोकावट आउन दिएनन ।

लेखक एदुुआर्द उत्किन

-अनुवादः जय कार्की