तेमाल गाउँपालिकामा अन्टुफ कमिटी गठन, संयोजकमा पुष्पलाल तामाङ

प्रकाशित मिति : सोम, असार १६, २०७६

काभ्रे जिल्ला, यही २०७६र३र१४ गते शनिबारका दिन स्थानीय तहको मजदुर संगठन निर्माणको क्रममा काभ्रे जिल्लाको तिमाल गाउँपालिकामा अखिल नेपाल ट्रेडयुनियन माहासंघको भेला सम्पन्न सम्पन्न भएको छ । सोभेलाबाट इन्चार्ज देव लामा र संयोजकमा पुष्पलाल तामाङ सहित ११ सदस्य कमिटी गठन गरिएको काभ्रे जिल्ला अध्यक्ष होमबहादुर खुलालले जानाकारी दिँदै केही हप्ताभित्र सबै गाउँपालिकाहरुमा संगठन विस्तार गरिसक्ने बताउँनु भएको छ । सामाजिक सुरक्षा योजनामा सुचिकृत हुनको लागि पालिकास्तरीय संगठन निर्माण अपरिहार्य भएको छ । न्युनतम बेतन र श्रम ऐन कार्यान्वयनको लागि संगठन बिना केही गर्न नसकिने भन्दै नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका छन ।