अखिल नेपाल निर्माण मजदुर संघ गोर्खा जिल्ला समितिको बैठक सम्पन्न

प्रकाशित मिति : सोम, असार १६, २०७६

गोरखा असार १६, अखिल नेपाल निर्माण मजदुर संघ गोर्खा जिल्ला समितिको बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष बिष्णु योगीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि अनेनिमसंघका महासचिव रमेश सि.के. र विशेष अतिथि सो संगठनका गण्डकी प्रदेश इन्चार्ज बिजु थापा हुनुहुन्थ्यो । बैठकले स्थानीय तहमा वडा देखि गाउँपालिका र नगरपालिकासम्म संगठन निर्माण गर्नका लागि संयोजकहरु तोक्ने काम भएको छ भने सामाजिक सुरक्षा, पेसागत अधिकार तथा न्युनतम बेतन कार्यान्वयनका विषयमा पनि महासचिव रमेश सिकेले प्रशिक्षण संचालन गर्नु भएको थियो महासचिव सिकेले असार २१ गतेसम्म असार २१ गतेसम्म स्थानीय निकायमा समितिहरु गठन गरिसक्ने उदेश्यले जिल्ला कार्यालय नियमितरुपले संचालन गरेको पनि जानाकारी गराएका छन ।