प्रदेश पाँचको सरकारले मजदुरमैत्री निर्णय गर्यो , महासंघद्धारा धन्यवाद ज्ञापन

प्रकाशित मिति : आइत, असार १५, २०७६

असार १५, प्रदेश नम्वर ५ को हालै बसेको मन्त्रिपरिषदको निर्णय मार्फत ५ नं प्रदेशमा रहे भएका श्रमिकहरुका सबैप्रकारका समस्याहरु सहज ढंगले हल गर्ने उदेश्यका साथ हालसम्म तथा बनेका ऐन कानुनलाई लागु गर्ने उदेश्यले महासंघ र रोजगारदाताहरुको समान प्रतिनिधित्व रहने गरी श्रम सल्लाहकार समिति गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

सामाजिक विकाश मंन्त्रि माननीय सुदर्शन बरालको पहलकदमीमा ट्रेड यूनियन महासंघहरुबाट ४ जना तथा रोजगारदाताहरुबाट ४ जना प्रतिनिधिहरु रहने गरी श्रम सल्लाहकार समिती गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

सो महत्वपूर्ण तथा मजदुर मैत्री निर्णयको स्वागत गर्दै अखिल नेपाल ट्रेड यनियन महासंघ प्रदेश ५ का अध्यक्ष दानबहादुर वलीले एक विज्ञप्ति समेत जारी गर्दै स्वागत गर्नु भएको छ । र, मन्त्रिपरिषदबाट दूरदर्शी निर्णय गराउँनु भएकोमा अध्यक्ष वलीले मन्त्री बराललाई बधाई ज्ञापन गरेका छन ।
अरु प्रदेश सरकारले पनि यस्तो सरानीय कदम छिट्टै चाल्ने अपेक्षा टे«ड युनियन महासंघहरुले गरेका छन ।