अ.ने.से.म.संघ बाग्लुङको बैठक सम्पन्न

प्रकाशित मिति : आइत, असार १५, २०७६

अखिल नेपाल सेक्युरिटी मजदुर संघ बाग्लुङ् जिल्लाको बिस्तारिक बैठक सम्पन्न भएको छ । बैठकमा अन्टुफ गण्डकी प्रदेस अध्यक्ष रुद्र गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने अ.ने.से.म.संघ गन्डक प्रदेस अध्यक्ष मंगल लिम्बु, संघ सस्था गन्डक प्रदेस अध्यक्ष गुणराज बास्तोला, अन्टुफ बाग्लुङ् जिल्ला अध्यक्ष कृष्ण जिसी, अ ने ।से। म। सं। गण्डकी प्रदेश कोसाध्यक्ष बालकुमार खबासको उपस्थितीमा तथा हेमबहादुर बस्नेतको अध्यक्षतामा संगठन विस्तार, न्युनतम बेतन कार्यान्वयन तथा सामाजिक सुरक्षा योजना सहितको बिभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।