बाबुराम भट्टराई दाँदेमा चरेपछी गोरुले तान्नै सकेन !!

प्रकाशित मिति : आइत, असार १५, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रोपाइँ गरेका छन्। भट्टराई गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन्। भट्टराईले आफ्नो फेसबुक हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै फोटो सार्वजनिक गरेका हुन्। फोटोमा उनी खेतमा गोरु साउँदै गरेको, बाउसे गर्दै गरेको र रोपाइँ गर्दै गरेको देखिन्छ। उनी कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिएका छन्।