विविध निर्णय गर्दै चितवन जिल्लाको अन्टुफ महिला कमिटीको बैठक सम्पन्न

सावित्री पौडेल प्रकाशित मिति : आइत, असार १५, २०७६

यही असार १४ गतेका दिन अखिल नेपाल ट्रेड युनियन माहासङ महिला कमिटि चितवनको बैठक सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन माहासंघ महिला कमिटिकि अध्यक्ष सावित्री पौडेलको अध्यक्षतामा अखिल नेपाल ट्रेडयुनियन माहासङ केन्द्रकि सचिब तथा महिला कमिटी कि उपाध्यक्ष सुसिला पुनको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा केन्द्रिय सचिबालय सदस्य टीका सुवेदी, केन्द्रिय सदस्य सुमित्रा भुजेल र अतिथिमा ३ नम्बर प्रदेश सदस्य सङगम केसि र अखिल नेपाल ट्रेडयुनियन महासंघ जिल्ला समयोजक यदुमणि कडेलको अतिथिमा माहासङ महिला कमिटी चितवनका जिल्ला सदस्याहरुको बिस्तारित बैठक पार्टी कार्यलय कृष्णपुरको सहिदस्मृति हलमा बिस्तारित बैठक बस्यो । केन्द्रीय महिला कमिटीकी उपाध्यक्ष तथा सांसद लालकुमारी पुन शुशिलाले बर्तमान अवस्थामा महिला कमिटीले गर्नु पर्ने महत्व काम सहित संगठन विस्तार एकताको काम बारे प्रकाश पार्दै प्रशिक्षण दिनु भएको थियो ।

बैठकले सबै कार्यपालिकाहरुमा चुस्तदुरुस्त संगठन निर्माण गर्ने साथै संगठन पुनर्गठन गर्ने, आर्थिकलाई ब्यवस्थित गर्ने निर्णयगर्नुको साथै मजदुरहरुलाइ स्थानीय तहमा पन्जिकृत सहित सुचिकृत गराइ सामाजिक सुरक्षा कोष प्रबेस गराउन श्रम एेन २०७४ लागू गर्न र गराउन राज्यले तोकेको सेवा सुबिधा दिलाउन महिला कमिटी चितवनले जोडदर प्रयास साथ अगाडि बढ्ने भनी सर्बसहमत निर्णय भयो ।
अध्यक्ष सावित्री पौडेलले कार्यक्रम समापनको गर्नु भयो । खुसियाली मनाउदै अखिल नेपाल टे«डयुनियन माहासंघ सौर्न्दर्यकर्मी ब्युटिसियनकि अध्यक्ष रमा भण्डारीले खुसियालिमा महिला कमिटीका साथीहरूलाई धन्यवाद दिदै खाजाको बन्दोबस्त गर्नु भयो ।