नयाँ कार्य विभाजनसहित अन्टुफ ललितपुर महिला कमिटीको बैठक सम्पन्न

प्रकाशित मिति : शनि, असार १४, २०७६

हिजो असार १४ गतेका दिन अन्टुफ ललितपुर महिला कमिटीको बैठक केन्द्रीय कमिटी प्रमुख विष्णु थापाको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको छ । सो बैठकमा अन्टुफ प्रदेश ३ को उपाध्यक्ष होम खडकाको विशेष उपस्थिति रहेको थियो । गोमा लामाको अध्यक्षतामा बसेको बैठकले महानगरस्तरीय महिला कमिटी गठन गर्नको लागि मीना तामाङको संयोजकत्वमा ललितपुर महानगर कमिटी गठन गरेको छ । गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाको संयोजक पनि तोक्ने निर्णय गरेको छ ।

 


त्यसरी नै अरु नगरपालिका र गाउँ पालिका स्तरीय कमिटी १५ दिनभित्र गठन गर्ने कार्य योजना पनि बनाएको छ । यसका लागि अध्यक्ष गोमा लामा, उपाध्यक्ष कुमारी साहा, सचिव ललिता महर्जन, सहसचिव अमिता खरेल र कोषाध्यक्ष लगायतलाई कार्यविभाजन गरिएको छ । बैठकले पेसागत महिला कमिटीहरु गठन गर्नुपर्ने आवश्यकता देखेको छ भने प्रतिष्ठानस्तरीय योजना बनाई सामाजिक सुरक्षा योजनाको कार्यक्रमलाई प्रभावकारी बनाउने भएको कुरा प्रमुख अतिथि विष्णु थापाले बताएकी छन ।