अध्यक्ष प्रचण्डको प्रश्न, मदन भण्डारी जस्तै भोलिका दिन हामी पनि सडेन्त्रमा मारिन्छौं की ?

प्रकाशित मिति : शनि, असार १४, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माक्र्सवादको आत्मालाई दरोसंग समात्ने व्यक्तिको रुपमा स्वर्गीय नेता मदन भण्डारीलाई लिएको बताएका छन् ।

मदन भण्डारीको स्मृति दिवसको अवसरमा काठमाडौंको भृकुटिमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले मदन भण्डारीले राजनीतिक रुपमा गरेको विभिन्न कामहरुको स्मरण गर्दै भण्डारीले आफूलाई परिपक्क नेताको रुपमा परिचत गर्न सफल भएको बताए ।

मदन भण्डारीको सक्रियताको कारण नेपाली कांग्रेका नेता गणेशमान सिंहसंग वार्ता गरेर त्यतिबेला काम गरेको स्मरण गराए ।

आफू पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौं भनेको तर, अहिलेसम्म नसकिएको भन्दै उनले भने, आखिर के ले दिँदैन ? जनताले नदिएको पक्कै होइन । सरकारमा हामी नै छौं तर, यस्तै भएको हो भन्नसक्ने ठाउँमा पनि छैनौं ।

मदन भण्डारीको हत्या किन भयो र भोलि त्यस्तै हुन सक्छ, यस्तो हुँदैन भनेर हामी किन भन्न सकिरहेका छैनौं’ उनले भने–यो मदन भण्डारी बाँचिरह्यो भने कहीँ न कहीँ असजिलो पार्छ भनेर प्रतिक्रियावादीहरुले भनेकै हो भन्न गाह्रो छैन् । टुंडिखेलबाट राजालाई हिम्मत छ भने श्रीपेच फुकालेर आउ भन्न सक्ने नेता हुन मदन भण्डारी, प्रचण्डले भने –ठूला देशका नेताहरुले बोलाएर यसलाई फकाएर पठाउँ भन्दा अहिले मलाई फुर्सद छैन फुर्सद भएपछि आउँला भन्ने नेता पनि हो ।

अध्यक्ष दाहालले मदन भण्डारी भनेको गतिशील, परिस्थितिको ठिक मूलयाङ्कन गर्न सक्ने नेताको रुपमा लिएको बताए ।

मदन भण्डारीको अवसान भएकै दिन पार्टी एकताको घोषणा गर्नुको कारण मदन भण्डारीबाट सिक्ने र उनको विचारलाई प्रतिवद्ध ढंगबाट समात्न सक्नु भएको बताए ।

प्रचण्डले राजा महाराजालाई श्रीपेच फुकाउले आऊ, विदेशीहरुले बोलाउँदा फुर्सद छैन भनेर लल्कारेका कारण प्रतिक्रियावादीहरुको षड्यन्त्र थियो भन्ने बुझ्न सकिने भन्दै प्रचण्डले अघि भने, ‘कतै आफ्नो छाला बचाउन लाग्नेमा त छैनौं ?