अन्टुफ प्रदेश पाँचको बैठक सम्पन्न कार्य योजनासहित दुई कमिटी गठन

प्रकाशित मिति : शनि, असार १४, २०७६

बुटवल, यही असार १४ गतेका अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश पाँच समितिको वैठक महासंघका अध्यक्ष तथा टे«ड युनियन महासंघका सहसंयोजक जगत सिम्खडाको प्रमुख आतिथ्यतामा, अन्टुफ उपाध्यक्ष धनबहादुर बि.क. प्रदेश अध्यक्ष दानबहादुर ओली, इन्चार्ज तथा केन्द्रीय सचिव लालकुमारी पुन शुशिला, केन्द्रीय सदस्य तथा अ.ने.यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्की र युबा कमिटी प्रमुख राजेन्द्र न्यौपानेको उपस्थितिमा सम्पन्न भएको छ । बैठकले पाँच नम्बर प्रदेश स्तरीय एक महिने कार्ययोजनालाई अनुमोदन गर्दै महिला कमिटी र युवा कमिटी पनि गठन गरेको छ । बैठकलाई सम्बोधन गर्दै सामाजिक सुरक्षामा सुचिकृत नहुने र श्रमिकलाई सुचिकरण नगर्ने रोजगारदाताका विरुद्धमा संघर्षमा जाने अध्यक्ष जगत सिंखडाले प्रतिबद्धता जाहेर गर्नुभयो ।
यसै बैठकले २७ सदसिय महिला कमिटि लक्ष्मी थापाको अध्यक्षतामा गठन गरेको समाचार देब तामाङले बताएका छन । महिला कमिटीको नामावलि यसप्रकार रहेकोछ ।

 

लक्ष्मी थापा –संयोजक, त्रिभुवन थापा, विन्दा घिमिरे , सिता घर्ति, इमा राना, सविना सुनार , सिर्जना थारु , स्यामकुमारी नेपाली , अनिता चौधरी , गिता सिंखडा , निरु थापा, वसन्ती भट््राई , चिना शाह , विन्दा शर्मा , आस्था साही , आशा क्षेत्री, रुपा श्रेष्ठ,कृष्ण माया गुरुङ, दिपा ओली, आसिका थारु तथा अरु आवश्यकता हेरी थप गरिने भएको छ ।