महिलामाथि श्रंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गिरोह पक्राउ

प्रकाशित मिति : शुक्र, असार १३, २०७६

काठमाडौं । उपत्यकामा महिला(युवती)लाई शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गिरोहका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

उक्त घटनामा संलग्न आशंकामा प्रहरीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार कार्कीलाई परिसरबाट खटिएको टोलीले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो।

सन्तोष कार्की भन्ने व्यक्तिलाई पक्राउ गरेका छौं,’ परिसरका प्रवक्ता बोगटीले भने, ‘यसबारे विस्तृत जानकारी चाहिँ हामी आज सार्वनिक गर्दै छौं।

पछिल्लाेपटक बुधबार काभ्रेको बनेपामा पनि एक महिला सिरिन्ज आक्रमणमा परेकी छन्। यसअघि काठमाडौंमा शृंखलाबद्ध सिरिन्ज आक्रमण भइसकेका छन्।

बनेपाकाे घटनासमेत गरेर सिरिञ्ज आक्रमणमा पर्ने महिलाकाे संख्या पुगेको यसबाट पीडित महिलाको उपचार गरिरहेको टेकु अस्पतालले जनाएको छ।

केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाह त्रसित छन्। उनीहरुलाई एचआईभीविरुद्ध एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बीविरुद्ध भ्याक्सिन पनि दिइएको टेकु अस्पतालका चिकित्सकले बताएका छन्।