विकिलिक्सका संस्थापक तथा पत्रकार असान्जको गिरफतारीप्रति सर्बत्र बिरोध

जय कार्की प्रकाशित मिति : बिहि, चैत्र २८, २०७५

विश्व विख्यात विकिलिक्सका संस्थापक तथा पत्रकार जुलियन असान्ज बेलायतस्थित इक्वाडोरको राजदुताबासमा विगत सात बर्षदेखि शरण लिएर बसिरहेका थिए । इक्वाडोरमा बामपंथी सरकारको स्थानमा अनुदारवादी दक्षिणपंथीहरुको सरकार गठन भए लगतै उनको जीवन रक्षामा खतरा पैदा भईसकेको थियो । अन्ततः उनलाई दुताबासले प्रहरी बोलाई आचारसंहिता भंग गरेको आरोप लगाई दुताबासमा शरण लिईरहेकै अवस्थामा जबरजस्तिरुपमा प्रहरीलाई जिम्मा लगाएको छ ।


विकिलिक्सले यही २०१९ मा भ्याटिकन दरबारको डकुमेन्ट सार्वजनिक गरेकोलाई गंभिररुपमा लिएको निहँँु बनाएकोछ भने अमेरिका बेलायत लगायत सम्पूर्ण विश्व नै विकिलिक्सले जारी गरेको गोप्य दस्ताबेजका कारण ठूलो बिवादमा फस्दै आएको थियो भने उस्ले गर्ने अनकौं षडयन्त्रको पर्दाफास गरेको कारणले त्यस्ता राष्ट्रहरु असान्जेप्रति असाध्यै क्रुद्ध थिए । असान्जको समर्थनमा तत्काल रिहा गर भनि व्यापक आवाज उठन थालिसकेको छ ।

विकिलिक्सले आफनो टिवट गर्दै भनेको छ ः ”यी मानिस एकजना छोरा, एकजना पिता, एकजना बन्धु हुन । उनले पत्रकारिता सम्बन्धी दर्जनौ पुरस्कारहरु प्राप्त गरेका छन । उनी सन २०१० देखि निरन्तर नोबेल पुरस्कारकालागि नामाँकित हुँदै आएका छन ।
सिआईए लगायत शक्तिशाली खेलाडीहरुले उनलाई मानवहीन, अबैध घोषण गर्दै जेल हाल्न निकै जटिल षडयन्त्रहरु गरिरहेका छन । जुलियनको रक्षा गरौं भनेको छ । ”

BBC News online