प्रहरी हिराशतमा खान नदिएपछि मजदुर नेता जेबी तामाङ अदालतमै ढले, बिना शर्त रिहा गर ।

जय कार्की प्रकाशित मिति : बुध, चैत्र १३, २०७५

गोरखा राष्ट्रिय मुक्ति मोर्चा(जिएनएलएफ)को श्रमिक संगठनका अध्यक्ष जे.बी. तामाङलाई झुठ्ठा मुद्धा लगाई प्रहरी प्रशासनले गिरफतार गरी खर्साङ अदालतमा थुनछेक बहशका लागि सुनुवाई गरिरहेको अवस्थामा नेता तामाङ मुर्छा परेका छन । उनलाई हिरासतमा लिएदेखि नै खान पिउन समेत नदिएको कारणले सो घटना घटेको हो ।
उनलाई मुर्छित अवस्थामा उपचारका लागि अकस्मात निकै ठूलो सुरक्षाबलको तैनाथकासाथ अस्पताल भर्ना गरेको छ । अध्यक्ष तामाङको युनियनले टे«ड युनियन ऐन र श्रम ऐनले दिएको अधिकारको उपभोग गर्दै माग प्रस्तुत गरेको र माग पूरा गराउन प्रचार प्रशार शुरु गरेपछि आम निर्वाचनको मुखमा अपराधीलाई जस्तो व्यवहार गरी गिरफतार गरेको छ।

जघन्य अपराधमा फसाउने र निर्वाचनको सिंगो बातावरणलाई धुमिल बनाई टिएमसिको कुत्सित षडयन्त्रलाई सफल पार्न रचिएको फासिस्ट कदम भनि सर्बत्र विरोध भैरहेको छ । राज्य सरकारको नियत जिएनएलएफलाई तर्साउँने, धम्क्याउँने, दमन गर्ने, आतंक खडा गर्ने, आतंककारी घोषणा गर्ने र निर्वाचनबाट जसरी पनि भगाउँने र आफनो पक्षमा एकलौटी मतदान गराउन त्यसका लागि सार्वजनिक सभा-सम्मेलन, घरदैलो कार्यक्रम गर्न नदिने, उम्मेदवारी घोषणा गर्न नदिने गरेपनि जनताको वीचमा जान नदिई अलथगग गराउँने षडयनत्र प्रष्टसित देखिन थालेको छ ।

तर, यति ठुलो षडयन्त्र भैरहँदा र मजदुरमाथि दमनचक्र चलाईरहेको अवस्थामा पनि भारतको सबैभन्दा ठूला युनियनहरु सिटु, इन्टुक, हिन्द मजदुर महासंघ,एआईयुटियुसी लगायतका अन्य संगठनहरुले मजदुर अधिकारमाथि ठाडो हस्तक्षेप हुँदा पनि किन बोलिरहेका छ्रैनन किन चुप छन ? यो निकै आश्चर्यको विषय बनेको छ उनीहरुले तत्काल बोल्नुपर्दछ नत्र उनीहरुमाथि पनि प्रश्नचिनह खडा हुनसक्छ । आम जनता भनिरहेका छन । एकै श्वरमा माग गरिरहेका छन ।
मजदुर नेता जेबी तामाङलाई बिना शर्त रिहा गर ।
सबै झुठा मुद्दा खारेज गर
टे«ड युनियन अधिकारको बहाली गर
मजदुरका जायज माग पूरा गर ।
श्रम ऐनले तोकेको ज्याला लागू गर ।
मजदुर एकता जिन्दाबाद
हाम्रो ऐक्यबद्धता जिन्दाबाद

मजदुर नेता जेबी तामाङलाई गिरफतार गरेपछि आक्रोशित ट्रेड युनियनहरुको आवाज यसतो छ

 

गोरखा राष्ट्रिय मुक्ति मोर्चा(जिएनएलएफ)को श्रमिक संगठनका अध्यक्ष जे.बी. तामाङ बेहोस भएपछि अस्पताल लाँदै गर्दाको भिडिओ

सबभन्दा खतरणाक र भयग्रस्त कुरा त के छ भने सही ढंगले आवाज उठाउन नसक्ने हो गत बर्ष जस्तै एकजना नगरपालिकामा निर्वाचित सदस्य बरूण भूलेज यातनाका कारण जेलमै मरेका थिए । यो गिरफतारीलाई पनि त्यो घटना र षडयन्त्रसित जोडेर हेर्नुपर्दछ भन्ने जनआक्रोश देखिएको पाईन्छ ।